September 26, 2020, Saturday
२०७७ आश्विन १०, शनिबार
लोक लयमा आधारित ‘पंकज’को नयाँ गजल गित सार्वजनिक

लोक लयमा आधारित ‘पंकज’को नयाँ गजल गित सार्वजनिक

साउन १२, सल्यान । सल्यानी गजलकार डा. पुर्ण बहादुर भण्डारी पंकजको नयाँ गजल गित भर्खरै सार्वजनिक भएको छ । “तिम्रो हातको औठि चिनो” बोलको उक्त गजल highlightsnepal ले आफनो युटृव च्यानल मार्फत बजारमा ल्याएको हो ।

गजलहरु प्रायः शास्त्रीय लयमा गाईने भएता पनी डा.पंकजको उक्त गजल नेपाली लोक लयमा आधारित भएर गाईएको छ । गजल सुन्दा सल्यानी टप्पाको झझल्को आउने गर्दछ । नेपाली गजल गायनको सन्दर्भमा यस्तो शैली नयाँ प्रयोग हो ।

डा.पंकजको उक्त गजल पुर्णिमा लामाको स्वरमा सजिएको छ । लामो समय देखी शिक्षण, लेखन, र अनुसन्धानको क्षेत्रमा क्रियाशिल पंकजका बिभिन्न कृतिहरु प्रकाशित भैसकेका छन । यस अघि पनि पंकजको एउटा गजल बजारमा आईसकेको छ ।

शीर्ष समाचार

धेरै पढिएको