August 4, 2021, Wednesday
२०७८ श्रावण २०, बुधबार
कर्णाली प्रदेश प्रमुख कलौनीद्वारा सिम्तामा १२ औं राष्ट्रपति रनिङ शिल्डकाे उद्घाटन

कर्णाली प्रदेश प्रमुख कलौनीद्वारा सिम्तामा १२ औं राष्ट्रपति रनिङ शिल्डकाे उद्घाटन

दुर्गा विसि / चैत्र २६, सिम्ता सुर्खेत । “स्वास्थ्यका लागि खेलकुद,राष्ट्रका लागि खेलकुद, सबैका लागि खेलकुद” भन्ने मुल नारा तय गरिएको १२ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बिहिवार सिम्ताकाे भानु माविमा सुरु भएको छ ।

सुर्खेतका अन्य स्थानीय तहले सञ्चालन गर्न नसकेको उक्त रनिङ शिल्ड यस अघि सञ्चालन गरेको भएता पनि पुनः सिम्ता गाउँपालिकाले सञ्चालन गर्ने जिम्मा लगेको थियोे । बिहिवार भव्य कार्यक्रम विच कर्णाली प्रदेश प्रमुख गोविन्द प्रसाद कलौनिले कार्यक्रम उद्घाटन गरेका छन । अन्य कुनै स्थानीय तहले सञ्चालन गर्न नमानेकाे राष्ट्रपति रनिङ शिल्ड सिम्ता गाउँपालिका अध्यक्ष कविन्द्र कुमार केसिले “हामी सक्छौं” भनेका थिए ।

उक्त कुराकाे उद्घाटन सत्रमा कार्यक्रमका प्रमुख अतिथि कलौनिले गाउँपालिका अध्यक्ष केसिकाे उच्च प्रसंसा गरेका थिए । ‘साँच्चिकै जनताको सेवक, निकै प्रतिष्ठित विकाश प्रेमी व्यक्तित्व भन्दै, रनिङ शिल्ड अायाेजना हुने स्थानकाे व्यस्थापकिय पाटाे बारे प्रदेश प्रमुख कलौनिले केसीलाई धन्यवाद समेत दिएका थिए ।कलौनिले खेलकुद देश विकासको मेरुदण्ड रहेको जनाए । स्वास्थ्यका लागि खेलकुद,राष्ट्रकाे निम्ति खेलकुद यी शब्दले खेलकुदकाे चिनारी दिएको उनको भनाइ थियोे । खेलकुद क्षेत्रको महत्व अवका दिन अझ वढि हुने समेत उनले बताए ।

रनिङ सिल्ड प्रतियोगितामा सुर्खेतका विभिन्न स्थानीय तहका करिव ७६ वटा माविका १२ सय खेलाडी विद्यार्थीहरुकाे उपस्थिति रहेको छ । अायाेजक विद्यालय भानु माविले राष्ट्रपति रनिङ शिल्डमा उपस्थित रहेका सबै विद्यालयका सहभागी विद्यार्थीहरुकाे खानपिन, वसाइमा राम्रो व्यवस्थापन गरेको छ ।

उद्घाटन सत्रमा लेकवेसि नगरपालिकाका नगर प्रमुख गगन सिंह सुनार, सिम्ता गाउँपालिका अध्यक्ष कविन्द्र कुमार केसि, ब्राहाताल गाउँपालिका अध्यक्ष तेजेवहादुर वस्नेत, कर्णाली प्रदेश खेलकुद विकास परिषद उपाध्यक्ष प्रमोद हमाल, जिल्ला खेलकुद विकास समिति अध्यक्ष चन्द्र कुमार गिरि, एमाले प्रतिनिधि तथा भुमि व्यवस्थापन सुकुम्बासी समस्या समाधान अायाेगका सुर्खेत जिल्ला अध्यक्ष ऎनवहादुर चन्द र नेपाली कांग्रेसका सिम्ता गाउँपालिका स-संयोजक गहेन्द्र हमाल लगाएतका बक्ताले शुभकामना मन्तव्यसँगै धारणा राखेका थिए ।

कार्यक्रमको स्वागत मन्तव्य भानु मावि वजेडिचौर सिम्ता सुर्खेतका विद्यालय व्यवस्थापन समिति अध्यक्ष दीर्घ मल्लले गरेका थिए । अतिथिहरुलाइ मायाकाे चिनारी (काेटकाे थुम्काे) गाउँपालिका अध्यक्ष केसि, उपाध्यक्ष चन्द्रकला शाहि र भानु माविका प्रधानाध्यापक प्रेम थापाले प्रदान गरेको वताईएकाे छ ।

चैत २६ गतेबाट सञ्चालन भएको रनिङ शिल्ड ३ दिन सम्म चल्ने वताईएकाे छ । राष्ट्रिय तथा स्थानीय कलाकार, स्थानीय झाँकी, वाजागाजाले राष्ट्रपति रनिङ शिल्डकाे उद्घाटन सत्रलाई गुञ्जायमान पारेका थिए । १२ औं राष्ट्रपति रनिङ शिल्डकाे सभा अध्यक्ष जिल्ला समन्वय समिति प्रमुख छविलाल सिग्देल र सञ्चालन सुन्दर मल्लले गरेको वताईएकाे छ ।

शीर्ष समाचार

धेरै पढिएको