August 4, 2021, Wednesday
२०७८ श्रावण २०, बुधबार
काेटेश्वर महाेत्सवमा आयाेजित खेलकुद प्रतियोगिता सम्पन्न

काेटेश्वर महाेत्सवमा आयाेजित खेलकुद प्रतियोगिता सम्पन्न

दुर्गा विसि / चैत्र,०२सल्यान । सिम्ता सुर्खेतमा अायाेजित काेटेश्वर महाेत्सव भव्यताका साथ सम्पन्न भएको छ । तेस्रो अध्यक्ष कप रनिङ सिल्ड तथा पर्यटन, साँस्कृतिक महाेत्सव २०७७ सिम्ताकाे पर्यटकीय क्षेत्र काेटेश्वरमा अायाेजित संस्कृति तथा खेलकुद प्रतियोगिता सोमबार समापन गरिएको हो ।

फागुन २९ गते महा शिवरात्री पर्वको अवसरमा ३ दिनसम्म सञ विभिन्न खेलकुद प्रतियोगिता भएको थियोे । दर्शकको अाकर्षक र खेलकाे कडा प्रतिस्पर्धाका कारण ४ दिन खेलकुद प्रतियोगिता लम्बिएको थियोे । पर्यटन प्रवदन तथा वृहत् संस्कृति कार्यक्रमले समेत सिम्तामा रौनक छाएको थियोे । स्थानीय कला, मौलिकता झल्काउने झाँकिर संस्कृतिको संरक्षण तथा पर्यटनलाई जाेडेर महाेत्सव अायाेजना गरिएकाे थियोे ।

 

खेलकुदमा भलिबल प्रतियोगिता ( महिला) प्रथम सिम्ता बहुमुखी क्याम्पस राकम र दाेस्राे भानु मावि बजेडीचौर भएको छ। पुरूष तर्फ प्रथम ग्रामीण प्रतिभाशालि युवा क्लब खानिखाेला,दाेस्राे जनसन्देश युवा क्लब अाग्रिगाँउ र तेस्रो सिम्ता वडा नं ६ राकम भएको छ । उत्कृष्ट खेलाडी विक्रम शाही र अनुशासन तर्फ निरक घर्तीलाई सम्मानित गरिएको छ ।

ब्याडमिन्टन प्रतियोगिता तर्फ डवलमा प्रथम कमल रेग्मीको समुह र दाेस्राे गाेपाल महताराकाे टिम भएको छ। सिङगल तर्फ प्रथम विमल रेग्मी र दास्राे प्रकाश खत्री भएको अायाेजकले जनाएको छ । म्याराथुन दौड प्रतियोगिता ( काेटेश्वर देखि राजकाँडा दरबार सम्म) प्रथम तेजविक्रम केसी दाेस्राे कृष्ण केसी र विनाेद सुनार तेस्रो भएका छन ।

घैटो फाेर प्रतियोगितामा अमर सिंह, रस्साकसि प्रतियोगितामा प्रथम माेहन विसिकाे टिम वजेडा अालि, दाेस्राे सुनिल बस्नेत काे टिम बजेडिचौर र तेस्रो विवेक सिहकाे टिम ठारकाे रहेको जनाईएकाे छ।

महिला कुर्सी प्रतियोगिता तर्फ प्रथम प्रतिमा थापा, दाेस्राे जानकि सापकोटा र तेस्रो सिर्जना मल्ल, सटफुट प्रतियोगिता तर्फ प्रथम सुनिल बस्नेत, दाेस्राे तेजविक्रम केसी र तेस्रो अमर सिंह, राताे भाले प्रतियोगिताकाे विजेता तेजविक्रम केसी, बुद्धिचाल प्रतियोगिता सम्मर चन्द पिल्क, दाेस्राे काली बहादुर मल्ल पिल्क र तेस्रो कुमार थापा काप्रिचौर भएको वताएकाे छ ।

महोत्सवमा सिम्ताका स्थानीय कला साँस्कृतिकहरूलाई सम्मान गरिएको थियोे। सधै सिम्ताकाे परम्परा,भेषभुषाकाे रक्षा गर्ने गाउँपालिका अध्यक्ष कविन्द्र कुमार केसिकाे भनाइ थियोे । शिव रात्रि फाल्गुन २७ गते कर्णाली प्रदेशका पर्यटन मन्त्री नन्द सिंह वुढाले काेटकाे थुम्काे पर्यटन प्रवदनका निम्ति अायाेजित खेलकुद प्रतियोगिताको उद्घाटन गर्नु भएको थियोे ।

शिवरात्रीको अवसरमा काेटेश्वर क्षेत्रमा भव्य मेला समेत लाग्ने गरिएको छ । खेलकुद प्रतियोगिता स्थानीय खेलकुद विकास समित, कल्व, सिम्तालि एकता समाजकाे समन्वय तथा सिम्ता गाउँपालिकाकाे आर्थिक सहयोगमा काेटकाे थुम्काेमा अायाेजना गरिएको थियोे । उद्घाटन सत्रमा प्रदेश सरकारका पर्यटन मन्त्री सहभागी कार्यक्रममा समापन सत्रमा गाउँपालिका परिवार, स्थानीय राजनीति दल, विभिन्न निकायका व्यक्तिहरुकाे उपस्थिति रहेको थियोे ।

 

शीर्ष समाचार

धेरै पढिएको