सल्यानमा संविधान दिवसको अवसरमा ब्याटमिन्टन प्रतियोगिता सम्पन्न, उपाधी बागचौरलाई

सल्यानमा संविधान दिवसको अवसरमा ब्याटमिन्टन प्रतियोगिता सम्पन्न, उपाधी बागचौरलाई

असोज ४, सल्यान । २०७२ साल असोज ३ गते नेपालको संविधान जारी भएको दिनको अबसरमा सल्यानको दार्मा गाउपालिकाले ब्याडमिन्टन प्रतोयोगिता सम्पन्न गरेको छ ।

शनिबार संविधान दिवसको अवसरमा भएको प्रतियोगितामा बागचौर नगरपालिकाले प्रथम स्थान जित्न सफल भएको छ । बिभिन्न गाउपालिका र नगरपालिकाबाट जम्मा १३ वटा टिम सहभागी रहेको खुल्ला ब्याडमिन्टन प्रतियोगिता बागचौर नगरपालिका ब्याडमिन्टन खेलाडी खिमराज डि.सि र सन्तोस वलिको जोडिले प्रथम स्थान जित्दा दार्मा गाउपालिकाले दोस्रो , कुमाख गाउपालिका तेस्रो र चौरजाहरी नगरपालिका रुकुमले सान्त्वना स्थान जितेका हुन।

बिजेता टिमलाई क्रमशःपाँच हजार, तिन हजार, दुई हजार र पन्ध्र सय नगत राशी सहित सम्मान गरिएको थियो । खेलाडीहरुलाई खाना,नास्ता तथा बास बस्नको ब्यबस्था दार्मा गाउँपालिकाले मिलायको बताएको छ।

कोरोना भाईरसको प्रभावले गर्दा बृहत कार्यक्रमको आयोजना गर्न नसकिने भएकाले थोरै खेलाडि समाबेस भएपनी हुने यो खेलको आयोजना गरियको गाउपालिका अध्यक्ष निमबहादुर के.सि.’अरुण’ले बताए ।

बिबिध खेलकुदका कार्यर्यक्रमको आयोजना गर्ने आफुहरुको चाहाना हुदाहुदै पनि अहिलेको यो कोरोना संक्रमणको जोखिम उच्च भएको हुदा सुरक्षाका उपायहरुको प्रयोग गर्दै सिमित खेलको आयोजना गर्न बाध्य भयको दार्मा ब्याडमिन्टन सघका अध्यक्ष मिनबहादुर वलिले बताए ।

गाउपालिकाअध्यक्ष निमबहादुर केसि अरुणको प्रमुख आथित्यता मा संचालन भएको कार्यक्रममा जिल्ला समन्वय समिती सदस्य , वडाध्यक्षहरु , बिद्यालयका प्रअहरुको पनि आथित्यता रहेको थियो। दार्मा ब्याडमिन्टन सघका अध्यक्ष मिनबहादुर ओलीको अध्यक्षतामा सम्पन्न भयको कार्यक्रमको उद्घोषण सचिब अनिल चन्दले गरेका थिए ।

 

शीर्ष समाचार

धेरै पढिएको