July 31, 2021, Saturday
२०७८ श्रावण १६, शनिबार
सामाजिक संजालमा सल्यान : सात सल्यानीका साताका सात स्टाटस

सामाजिक संजालमा सल्यान : सात सल्यानीका साताका सात स्टाटस

पौष १८,सल्यान । मानव समुदायको लागि सुचना प्रविधिमा आधारित “सामाजिक संजाल” आजको समयमा विचार तथा भावना अभिव्यक्त गर्ने सशक्त माध्यम भएको छ । सामाजिक संजाल मार्फत व्यक्तिहरूले समसामयिक तथा ऐतिहासिक सन्दर्भ र घटनाबारे आफ्नो मत, विचार तथा भावना राख्ने र सार्वजनिक चासोको विषयमा आफ्नो सक्रिय उपस्थिति जनाउने तथा छलफल र बहसमा आआफ्नो तरिकाले भाग लिने गरेको पाइन्छ ।

यसै सन्दर्भमा हामीले सल्यान जिल्लामा रहेर सामाजिक संजालमा सक्रिय विभिन्न व्यक्तित्वहरुले विभिन्न समसामयिक तथा सार्वजनिक चासोका बिषयबस्तुमा व्यक्त गरेका घोचपेच तथा बिचारहरुलाई हरेक हप्ता नयाँ दृष्टिमा प्रस्तुत गर्न थालेका छौं ।  प्रस्तुत छ, यो साता सात सल्यानीका का (हप्ता) सात स्टाटस ।

१. कोरोना भाइरसको नयाँ रुप र समसामयिक राजनीतिलाई जोडेर सल्यानका बुद्धिमान बस्नेतको घोचपेच ।

२. पछिल्लो समय लोडसेडिङ्को झल्को आउने गरी बिधुत काटिन थालेपछि सल्यानका दुर्गा बिसीको उर्जा मन्त्रीलाई झटारो ।

३. चुनाव हारेर पनि सत्ता हस्तान्तरण गर्न नमानेर संसद भवनमा आक्रमण गर्न लगाउने अमेरिकी राष्ट्रपति ट्रंप र नेपालका प्रधानमन्त्री ओलीलाई सल्यानका टिकाराम ओलीको व्यंग्यात्मक प्रहार – ‘जन्म कुण्डली एउटै परेछ कि ख्या हो ?’

४. नेपालको संबिधान २०७२ जारी गर्ने समयका सभामुख नेम्वाङ संसद बिघटन भएपछी मौन बसेको सन्दर्भलाई महाभारत कालमा द्रोपतिको बस्त्र हरण हुदा पितामह भिष्मको मौनताले महाभारतको युद्ध भएको घटना संग जोडेर देश लाई अनिष्ट बाट बचाउन सल्यानका शेरबहादुर डाँगी द्वारा पूर्व सभामुखको धारणा सार्वजनिक गर्न माग ।

५. नेपालको वर्तमान राजनीतिमा आफुलाई मन परेको, आफ्नो पार्टीको नेतालाई राजनेता भनेर सम्बोधन गर्ने प्रवृति माथी डिल्ली वलीको टिप्पणी र चिरफार ।

६. देश पुन: अस्थीरता तर्फा जान लागेकोमा चिन्ता गर्दै अहिलेका संस्थापन शक्ति र बाहिर रहेका शक्तिहरूको स्वार्थ सम्बोधन गरेर राजनीतिक स्थीरता  कायम गर्नसल्यानका यादब उपाध्यायको टिप्पणी – ‘कति अस्थीरतामै बाच्नु गाठे ?’

७. समकालीन विद्यार्थी राजनीति र विद्यार्थी नेताहरू प्रति सल्यानका टोपेन्द्र ओलीको आक्रोस र असन्तुष्टि ।

लेखक, नयाँ दृष्टि डिजिटल पत्रिकाको सम्पादक हुनुहुन्छ।

शीर्ष समाचार

धेरै पढिएको