May 16, 2021, Sunday
२०७८ जेष्ठ २, आईतवार
सल्यानमा ३ बाबू छोरा मिलेर एक जनालाई खुकुरी प्रहार

सल्यानमा ३ बाबू छोरा मिलेर एक जनालाई खुकुरी प्रहार

बैशाख २०, सल्यान । खुकुरी प्रहारबाट सल्यानमा एकजना गम्भीर घाइते भएका छ्न । जिल्लाको शारदा नगरपालिका ५ रानिकोटका ५५ वर्षिय जगत राना खुकुरी प्रहारबाट गम्भीर घाइते भएका हुन ।

रानालाई सोही ठाँउबस्ने कृष्ण राना, उनका छोरा झपेन्द्र राना र महेन्द्र रानाले खुकुरी प्रहार गरि घाइते बनाएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

खुकुरी प्रहारबाट गम्भीर घाइते रानाको बायाँ हातमा गहिरो चोट लागेको र उनको अहिले जिल्ला अस्पताल सल्यानमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकृत प्रहरी निरीक्षक अर्जुन पौडेलले बताए।

खुकुरी प्रहार गर्ने राना आफ्नै घरमा लुकेर बसेको अबस्थामा प्रहरिले पक्राउ गरेको छ भने अन्य २ जना फरार रहेका छ्न । फरार २ जनाको खोजीकार्य जारी रहेको प्रहरी निरीक्षक पौडेलले बताए।

खुकुरी प्रहारको कारण नखुलेको र अनुसन्धान भैरहेको प्रहरिले बताएको छ।

शीर्ष समाचार

धेरै पढिएको