May 16, 2021, Sunday
२०७८ जेष्ठ २, आईतवार
काेटकाे थुम्कामा महाशिवरात्रीमा भव्य महोत्सव संचालन हुने

काेटकाे थुम्कामा महाशिवरात्रीमा भव्य महोत्सव संचालन हुने

 

 


दुर्गा विसि / फाल्गुन २४ सल्यान । सिम्ता गाउँपालिका सुर्खेत सिम्ताको पर्यटकिय स्थल कोटको थुम्को परिशरमा महाशिवरात्रि महोत्सव-२०७७ संचालन हुने भएको छ ।

 


यही फागुन २७ गतेका दिन सिम्ता गाउँपालिका वडा नम्वर ४ काे कोटेश्वर मन्दिर परिसरमा महाशिवरात्रीको अवसरमा महोत्सव आयोजना गरिएको छ । सधैं झै याे वर्ष पनि महाशिवरात्रीको अवसरमा विभिन्न खेलकुद प्रतियोगिता र प्रटकिय क्षेत्र काेटकाे थुम्कामा भक्तालुहरुकाे भव्य उपस्थिति हुने बताइएको छ ।

स्थानीय तथा छिमेकि जिल्ला सल्यान जाजरकोट लगाएतका स्थानबाट थुम्काेमा रहेको मन्दिर हेर्न अाउने गरेका छन। कोटेश्वर विकास समिति, सिम्ता गाउँपालिका, सिम्ता खेल्कुद विकास समिति, कोटेश्वर युवा क्लब र सिम्ताली एकता समाजको आयोजना तथा समन्वयमा हुने कार्यक्रममा विभिन्न खेलकुदका कार्यक्रमहरु संचालन हुने छन् ।

पुरुष तथा महिला भविवल लगाएतका खेलहरु, स्थानीय कला, गला र संस्कृतिहरुकाे समेत प्रस्तुति गर्ने गरिएको छ । उक्त दिन सबैलाई सिम्ता गाउँपालिकाले समेत भव्य उपस्थिति जनाइ पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउन अाह्वान गरेको छ ।

शीर्ष समाचार

धेरै पढिएको