September 22, 2021, Wednesday
२०७८ आश्विन ७, बिहीबार
सल्यान गेट निर्माण अभियान पुनः सुरु, कपुरकोटमा सम्पर्क कार्यालय स्थापना

सल्यान गेट निर्माण अभियान पुनः सुरु, कपुरकोटमा सम्पर्क कार्यालय स्थापना

पौष २५, सल्यान । कहि वर्ष अगाडी राप्ती राजमार्ग अन्तरगत सल्यान र दाङकाे सिमानामा बनाउने भनेकाे सल्यान गेट निर्माण कार्य अब सुरु हुने भएकाे छ । सल्यानका युवाहरुले  बनाउन लागेकाे उक्त गेट निर्माणकाे लागि शनिबार अभियानका अभियन्ताहरुको श्रीनगरमा बिशेष भेला गरेका छन् ।

भेलाले अबको एक हप्ता भित्र प्राविधिक काम सम्पन्न गर्ने र तत्काल गेट निमार्णको कार्य थालनी गर्ने निर्णय गरेको छ । गेट निर्माण अभियानलाई सहज बनाउन कपुरकोटमा सम्पर्क कार्यालय सञ्चालन गर्ने र यसको जिम्मेवारी अभियन्ता धुर्बराज ओलीलाई दिने समेत भेलाले निर्णय गरेको छ ।

सल्यानको पहिचाण झल्किने गरी गेटको निर्माण गरिने अभियान्ता धुर्वराज ओलीले जानकारी दिए । गेट निमार्णका लागि यस अघि युवाहरुले अभियान सञ्चालन गरेरको बेला स्वदेश तथा विदेशबाट रकम संकलन भएको थियो । कर्णाली प्रदेशको प्रवेशद्धारको रुपमा रहेको उक्त स्थानमा गेट निमार्ण गरिने उनको भनाई छ ।

अभियान्ताहरू आजै गेट निर्माण स्थलमा पुगेर अनुगमन पनि गरेका थिए ।

शीर्ष समाचार

धेरै पढिएको