September 18, 2021, Saturday
२०७८ आश्विन २, शनिबार
सामाजिक संजालमा सल्यान : सात सल्यानीका, साताका सात स्टाटस

सामाजिक संजालमा सल्यान : सात सल्यानीका, साताका सात स्टाटस

पौष ११, सल्यान । मानव समुदायको लागि सुचना प्रविधिमा आधारित “सामाजिक संजाल” आजको समयमा विचार तथा भावना अभिव्यक्त गर्ने सशक्त माध्यम भएको छ । सामाजिक संजाल मार्फत व्यक्तिहरूले समसामयिक तथा ऐतिहासिक सन्दर्भ र घटनाबारे आफ्नो मत, विचार तथा भावना राख्ने र सार्वजनिक चासोको विषयमा आफ्नो सक्रिय उपस्थिति जनाउने तथा छलफल र बहसमा आआफ्नो तरिकाले भाग लिने गरेको पाइन्छ ।

यसै सन्दर्भमा हामीले सल्यान जिल्लामा रहेर सामाजिक संजालमा सक्रिय विभिन्न व्यक्तित्वहरुले विभिन्न समसामयिक तथा सार्वजनिक चासोका बिषयबस्तुमा व्यक्त गरेका घोचपेच तथा बिचारहरुलाई हरेक हप्ता नयाँ दृष्टिमा प्रस्तुत गर्न थालेका छौं । प्रस्तुत छ – यो हप्तामा सात सल्यानीका साताका सात स्टाटस ।

१. प्रधानमन्त्री केपी शर्मा ओलीले संसद बिघटन गरेको बिरोध तथा निर्वाचन आयोगमा आफ्नो पार्टी आधिकारिक भएको दावी गर्न जानु पूर्व माइतिघर मण्डलामा नेकपा प्रचण्ड – नेपाल समुहका शिर्ष नेताहरूले ‘हामि यहाँ छौ’ लेखिएका प्लेकार्ड बोकेको प्रति सल्यानका बुद्धीमान बस्नेतको घोचपेच ।

२. विभाजन उन्मुख भएको नेपाल कम्युनिस्ट पार्टी नेकपाका कार्यकर्ताहरू आफ्नो समुहको प्रशंशा गर्ने र अर्को समुहमा लागेकालाई तल्लो स्तरमा झरेर निन्दा गर्ने प्रवृतिलाई सुधार्न सल्यानका शेरबहादुर डाँगीको सुझाव ।

३. विभाजन उन्खुख भएको नेकपाका कार्यकर्ता हरुलाई आज आपसमा असहमति भएपनि बिगत बाट सिक्दै तिक्ततापूर्ण ब्यबहार नगर्न र भोली पश्चाताप हुने काम नगर्न नेकपा केन्द्रिय महाधिबेशन आयोजक समिति सदस्य तथा सल्यानका पूर्व जिविस सभापती मनोज प्रधानको अपिल ।

 

४. पूर्व माओबादीहरू धेरैले प्रचण्डलाई छोडेको र अहिले पनि पुर्व एमालेहरू लाई आफ्नो बनाउन खोज्दा थुप्रै पुर्व सहकर्मीहरूले छोडेपछि नेकपा अध्यक्ष प्रचण्ड प्रति सल्यानका हिमाल बस्नेतको ‘भुइको टिप्न खोज्दा पोल्टाको गुमाएको’ टिप्पणी ।

५. कम्युनिष्टहरू विभाजन उन्मुख भएको बेला संसद पुन : स्थापना वा मध्यावधि चुनावको बिषयमा कांग्रेसमा पनि बिबाद सुरु भएपछी  ट्रेड युनियन सल्यानका अध्यक्ष बिरा बहादुर सेजवालाको सुझाव ।

 

६. देशको बिग्रिदो अवस्था प्रति नेताहरुलाई सल्यानकी पुष्पा भण्डारीले गरेको रमाइलो व्यंग्यात्मक प्रहार ।

७. ट्विटर प्रयोगकर्ता भुपेन्द्र खड्काले रमाइलो संयोगात्मक ट्वीट : सबै शिर्ष नेताहरुका छोराहरू प्रकाश तर देश किन अन्धाकार ?

लेखक, नयाँ दृष्टि डिजिटल पत्रिकाको सम्पादक हुनुहुन्छ।

शीर्ष समाचार

धेरै पढिएको