August 4, 2021, Wednesday
२०७८ श्रावण २०, बुधबार
तपाईको आज २०७७ मंसिर २८ गते आईतवारको राशिफल

तपाईको आज २०७७ मंसिर २८ गते आईतवारको राशिफल

ज्योतिषि ठाकुरप्रसाद देवकोटा मो.९८४७८४४०९५,९८०९५६०५५७

मेष(चु,चे,चो,ला,लि,लु,ले,लो,अ)

हतारमा निर्णय गर्दा समस्या आउने देखिन्छ । स्वास्थ्यमा केहि प्रतिकुलता रहने समय छ । प्रयास तथा मेहनत बाट रोकिएका कामहरु बन्ने समय रहेको छ । गोपिनियतामा बिशेष ख्याल गर्नुहोला । नसोचेको कामहरु बन्ने समय रहेको छ । तपाईको समस्या लाई अरु माझ राखेमा समस्या हल हुनेछ ।

वृष(इ,उ,ए,,ओ,वा,वि,वु,वे,वो)

यात्राको अवसर आउने समय छ । प्रेम तथा मित्रताको समय रहेको छ । सहयोगिहरुको राम्रो साथ सहयोग रहने समय छ । घर परिवारमा रमाईलो छाउने समय रहेको छ । बिशिष्ट व्यक्तिसग भेटघाट रहने समय छ । व्यापार व्यवसायमा सफलता रहने समय छ । दैनिक कार्यमा ढिलाई रहने समय छ ।

मिथुन(क,कि,कु,घ,ङ,छ,के,को,ह)

तपाईको मेहनत बाट कार्यमा सफलता रहने समय छ । आफलाई चाहिने स्रोत साधन जुटने देखिन्छ । आज भन्दा पछिको फाईदाको लागि कार्य गर्ने समय छ । बिगतमा रोकिएका कामहरु बन्ने समय रहेको देखिन्छ । प्रतिस्पर्धामा सफलता रहनेछ । आफनो हक अधिकार लागि जुटने समय छ ।

कर्कट(हि,हु,हे,हो,ठा,डि,डु,डे,डो)

तपाईका लागि अबसरहरु थुपै रहनेछन तर सोच बिचार गरेर काम थाल्नु होला । अध्ययन अध्यापनमा समय दिन नसकिएला । सोचेको कार्यमा बाधा रहनेछ । बिगतमा सहयोग गर्छु भन्ने बाट धोका रहनेछ । व्यापारमा मध्ययम छ । बौद्धिक क्षमता भएका व्यक्तिहरु सग प्रतिस्पर्धा हुने देखिन्छ ।

सिंह(मा,मि,मु,मे,मो,टा,टि,टु,टे)

नजिकका साथीहरु बाट बिश्वास घात रहनेछ । आफनो भन्दा बढि अरुको कार्यमा साथ सहयोग रहनेछ । बोल्दा बिचार गरेर बोल्नु होला । आफनो योजना आन्तरिक राखेर अगाडि बढनु होला । घर परिवारको साथ सहयोग बाट सफलता रहनेछ । जग्गा जमिन, कृषि क्षेत्रमा सफलता रहनेछ ।

कन्या(टो,प,पी,पू,ष,ण,ठ,पे,पो)

तपाईको मेहनत बाट कार्यमा सफलता रहनेछ । मान सम्मान मिल्ने समय रहेको छ । रोकिएका कामहरु बन्ने समय छ । व्यापार व्यवसायमा सफलता रहनेछ । प्रतिस्पर्धामा सफलता रहनेछ । अग्रज व्यक्तिहरुको साथ सहयोग रहनेछ । घराँयसि कार्यमा सफलता रहने समय छ । दैनिक कार्य ठिकै रहनेछन ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तु,ते)

आत्मा बिश्वास बढने समय रहेको छ तर आफुलाई समालेर अगाडि बढनु होला । अरुको नराम्रो सोच्नु भन्दा आफनै कमजोरी सुधार गर्दा सफलता रहनेछ । व्यापार व्यवसायमा खासै समय दिन नसकिएला । बिगतमा सहयोग गर्नेहरु बाट धोका छ । अध्ययनमा समय दिन नसकिएला । समय सजिलै बित्नेछ ।

वृश्चिक(तो,ना,नि,नु,ने,नो,या,यि,ये)

नबिन कार्यको आरम्भ हुने समय छ । बिगतको कार्य सफलताले साथ दिनेछ । घर परिवारमा रमाईलो हुनेछ । स्वादिष्ट भोजनको आनन्द प्राप्त गर्ने समय रहेको छ । आफनो गल्ति कमजोरी लाई सुधार गर्ने समय रहेको छ । आफनो दैनिक कार्यमा परिवर्तन हुनेछ । समयलाई व्यवस्थापन गर्नुहोला ।

धनु(य,यो,भा,भी,भू,ध,फा,ढ,भे)

बन्नै लागेको काम रोकिने समय रहेको छ । आफनो फाईदा खोज्दा समस्या आउने समय रहेको छ । खर्चमा बृद्धि रहने समय रहेको छ । घर बाहिरको कामको लागि सफलता रहने समय छ । बिदेश जानेको लागि राम्रो समय रहेको देखिन्छ । आफनै जिद्दीपनका कारण कार्यमा केहि प्रतिकुलता रहनेछ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खि,खु,खे,गा,गी)

तपाईको अगाडि थुपै अवसर आउनेछन तर सोच बिचार गरेर अगाडि बढनु होला । मेहनत बढि कम प्रतिफलमय समय रहेको देखिन्छ । पैसा सापटि समस्या आउनेछ । छेनिक कार्यहरु बाट बढि फाईदा हुने समय रहेको छ । समयलाई बुझेर अगाडि बढनु होला । अग्रजको सल्लाह सुझाव मान्नु होला ।

कुम्भु(गु,गे,गो,सा,सी,सु,से,सो,द)

तपाईको कामको सन्र्दभमा बिभिन्न व्यक्तिहरु सग भेटघाट रहने समय देखिन्छ । गीत संगितमा रुचि जाग्ने समय छ । व्यापार व्यवसायमा सफलता रहने समय छ । आफनो क्षेत्रमा सफलता छ । बिभिन्न काममा हात हाल्ने समय रहेको छ । भबिश्यका लागि नयाँ कामको शुभारम्भ गर्ने समय छ ।

मीन(दी,दू,थ,ज,ञ,दे,दो,चा,ची)

फाईदा कम हुने कार्यमा बढि समय दिनु पर्ने छ । व्यापार व्यवसायमा खर्च गर्ने समय छ । तपाईको परिश्रम बाट बढि अरुलाई फाईदा रहने छ । सामाजिक कार्यमा लाग्ने बेला छ । स्वास्थ्यमा केहि प्रतिकुलता रहनेछ । सोचेको कार्यमा केहि अप्ठेरो होला । दैनिक कार्य लाई निरन्तरता दिदा सफलता देखिन्छ ।

शीर्ष समाचार

धेरै पढिएको