November 24, 2020, Tuesday
२०७७ मंसिर ९, मंगलवार
आधुनिक सिंहापुरका निर्माता लि क्वान युका चर्चित भनाइहरु

आधुनिक सिंहापुरका निर्माता लि क्वान युका चर्चित भनाइहरु

आधुनिक सिंहापुरका निर्माता लि क्वान युका यि भनाइहरु लेखक अच्युत कोइराला द्वारा लिखित किताब लि क्वान यु ( आधुनिक सिंहापुरका निर्माता ) को पृष्ठ २७९ र २८० बाट साभार गरिएको हो । – सम्पादक

लि क्वान युका चर्चित भनाइहरु :-

१. म पश्चिमा मिडियाहरुले मेरो बारेमा के लेख्लान् भनेर डराउँदिनँ न त चिन्ता नै गर्छु । मेरो चिन्ता पश्चिमाहरु हुदै होइनन् , म त मेरा जनता मेरा बारेमा के सोच्छन् , मेरो कस्तो मुल्यांकन गर्छन भन्नेमै केन्द्रित हुन्छु ।

२. म दर्शन र सिद्धान्त उति रुचाउदिन , न त बुझछु नैस्वंर्गीय राजा बिरेन्द्र र रानी ऐश्वर्या २०४५ सालमा सल्यान खैराबाङ मन्दिर दर्शनमा आउदा । कुनै बेला ति मलाई रुचिका कुरा लाग्थे तर मेरो जीवन दर्शन र सिद्धान्तले अघि बढेन । मलाई त सधैं सिद्धान्तले भन्दा कामले आकर्षित गर्याे । सिद्धान्तको कुरा गर्नेले काम गर्दैनन् , दर्शनको कुरा गर्नेले काम गर्न सक्दैनन् ।त्यसैले म कामलाई बढि महत्व दिन्छु ।

३.  सबै जनाले देशका लागी भण्दा पनिआफ्ना लागी सुरुमा काम गरुन भन्ने चाहन्छु ।आफ्नो परिवारका लागी काम गरुन भन्ने चाहन्छु । हरेक पुरुष र महिलाले आफना लागी काम गर्दा त्यो देशको लागी काम भइरहेको होस भन्ने चाहन्छु ।

४.  धेरै चिनियाँ नेता माओ त्से तुङ लाई महान मान्छन तर मेरो नजरमा त देङ्ग स्याओपिङ नै महान हुन । उनको उमेरमा जुन कुरा गलत थियो , त्यसलाई गलत भन्न सक्नु ठुलो आँट चाहिन्छ । पुरानो बाटो त्यागेर नयाँ बाटो अँगाल्न सक्नु चानचुने कुरा होइन ।

५. नेता हुनु भनेको अरुलाई प्रेरित गर्नु हो , निराशा बाँड्नु होइन । निराशा बाड्ने नेताले देशलाई नै डुबाउँछ ।

६.  संसारमा मैले म जस्तो शासक देखेको छैन ।

७. म सधैं जुन चिजले काम गर्छ त्यसलाई अँगाल्छु । काम नगर्ने सोचलाई म तत्कालै फयाकीदिन्छु र आइडिया दिनेलाई भन्छु हेर भाई तिम्रो त्यो महान सोच कहि काम लाग्यो होला तर मेरो देशमा लागेन । म त्यसलाई अँगाल्न सक्तिन । छ भने कुनै नयाँ सोच देऊ ।

८. म कुनै व्यवस्थाप्रति ढुक्क हुन सक्तिन । संसारमा संसदिय व्यवस्थाले पनि हावा खाएका छन , राष्ट्रपतीय व्यवस्थाले पनि हावा खाएका छन । म एक जना व्यक्तिले हाल्ने एउटा भोटलाई पनि उति विश्वास गर्दिनँ न त अमेरिकी राष्ट्रपतीय प्रणालीलाई नै ठिक मान्छु । बेलायती , फ्रान्सेली प्रणाली पनि गज्जबको भन्न सक्तिन । भनाइको अर्थ मानव समाज परिवर्तन भैरहन्छ , कैयौँ वर्षपछि यसले नयाँ बाटो खोेजिहाल्छ ।

९. म राम्रोमा राम्रो तर अकडोमा ज्यादै अकडो मानिस हुँ ।

१०.  मलाई एम्नेस्टी इन्टरनेसनलको जस्तो मानवअधिकारको मतलब छैन । मैले गरेको काममा जनताले साथ दिएका छन् कि छैनन् भन्ने कुरामा मात्रै मलाई मतलब हुन्छ ।

११.  धैरैले मलाई अधिनायकवादी भन्छन् । उनिहरुले भने जस्तो व्यक्ति म होइन किनभने हरेक पाँच वर्षमा मैले चुनाव जितेँ । मलाई भोट हाल्ने जनता कहिल्यै पनि ६० प्रतिशत भन्दा कम थिएनन् । म अधिनायकवादी भएको भए जनताले प्रतिपक्षलाई उठाएर ठाउँमा राखिदिन्थे होलान ।

शीर्ष समाचार

धेरै पढिएको