September 30, 2020, Wednesday
२०७७ आश्विन १४, बुधबार
त्यसपछि म बिस्थापित जीवन बिताउन थाले : लोकबहादुर डाँगी

त्यसपछि म बिस्थापित जीवन बिताउन थाले : लोकबहादुर डाँगी

२५ औं जनयु द्ध दिवसको सन्दर्भमा नेकपा(नेकपा) सल्यानका नेता लोकबहादुर डाँगी सँग नयाँ दृष्टि डटकमका संपादक भुमप्रकाश भण्डारी भुपिनले गर्नु भएको कुराकानीमा आधारित जनयु द्ध सम्बन्धी लोकबहादुर डाँगीका अनुभुतीहरू।

सुरुवाती दिन:

२०५२ फागुन १ गते बाट जनयु द्ध सुरु भयो। त्यसको तत्काल असर सल्यानमा परेको थिएन तर पनि नेता कार्यकर्ताहरू भुमिगत हुने क्रम जारी थियो।

माओवादी सँग पहिलो भेट :

२०५४ साल चैत २४ गते हामी गाउँमा खसी काटिरहेका थियौं । त्यतिबेला माओवादीका साथीहरू आएर मलाई त्यही बाट नेताले बोलाउनु भएको छ भनेर कुनै ठाउमा लिनुभयो । त्यहा छलफल संवाद भयो।उहाहरूको जबसको कार्यक्रम पनि रैछ । मलाई २/४ कुरा राख्न प्रेसर गर्नुभयो। मैले आफ्ना कुराहरू पनी राखे। त्यही नै मेरो माओवादी सँग भएको पहिलो भेटघाट र सम्पर्क थियो र त्यतिबेला नै माओवादीबारे बुझ्न पाएको थिए।

जिविस सदस्य भएपछि …..

बिस्तारै उहाहरू ( माओवादीहरू) ले म बाट अलि धेरै कुराहरू अपेक्षा गर्न थाल्नु भयो। जस्तो माओवादीमा आवद्ध भैदिए हुन्थ्यो जस्तो। कहिले नजिक्याउने, कहिले थ्रेट गर्ने काम उहाँहरू बाट भैरह्यो। यसैक्रमा म २०५५ सालमा जिविस सल्यानको सदस्य र नेकपा एमालेको पनि जिल्ला कमिटी सदस्य भए। त्यसपछि चैं माओवादीहरूले फरक तरिकाले हेर्न थाल्नु भयो र निगरानी गर्न थाल्नु भयो।

त्यसपछि म बिस्तापित भए :

२०५६ साल पुस ३ गते तत्कालीन कोटमौला ९ परिलेखमा माओवादीले अभियान चलाइएको थियो। त्यतिबेला पाखापानी, थारमारे र दमाचौर तीन ठाउँबाट प्रहरीले घेराबन्दी गरेर २ जना युवालाई ह त्या गर्यो। लास खोज्ने सन्दर्भमा म पनि जंगलमा पुगे । ती व्यक्तिहरूलाई बीभत्स तरिकाले ह’त्या गरिएको थियो। त्यसपछि मलाई प्रहरी प्रती, राज्य प्रती आक्रोश पैदा भयो। त्यसपछि मैले राज्य सत्ता बाट गरिएको आतं’ककारी प्रहार भनेर बिग्यप्ती पनि निकाले । त्यसैदिन साँझ एकजना जिम्मेवार माओवादी नेतासँग भेट भयो । अहिले नाम नलि चाहान्न। त्यतिबेला उहाँले म सँग अत्यन्तै निरंकुश व्यवहार गर्नुभयो। म चै उहाँहरू प्रती नै सहानुभूति राख्दैछु।राज्यप्रती आक्रोशित हुदैछौ। तर फेरि उहाँहरू पनि मलाई त्यस्तै खालको दबाबपुर्ण व्यबहार गर्नु हुन्छ। त्यसपछि मलाई लाग्यो – के हो दुबैको उस्तै उस्तै भयो त। त्यसपछि पुस ११ गते म गाउँघर, श्रीसम्पती सबै छोडेर सदरमुकाम आए । विस्थापित जीवन बिताउन थाले। आफू आवद्ध पार्टीको राजनीतिक काम गर्न थाले। जिल्ला अध्यक्ष सम्म हुने अवसर पाए।

उहाँहरू बाट कस्तो खालको ब्यवहार हुन्थ्यो भने गाउँमा बसे माओवादी भएर बसोस नत्र निस्केर जावस। २०५६ पुस ३ गतेको बसाईमा उहाँहरूले मलाई भन्नू भएको थियो – ” तपाइलाई दुइटा छुट छैन। एउटा खलगा गएर शाही सेनाको बिचमा बस्ने ,अर्को गाउमा आएर जनसेनाको बिचमा बस्ने। एउटा रोज्नोस ।”

जनयु द्धले मलाई नेता बनायो :

जनयु द्धले मेरो जिवनमा पारेको प्रभावलाई दुई ढंगले बुझेको छु। सकारात्मक के भने जब म गाउँ छोडेर सदरमुकाम आए, राजनीतिक रुपले संगठनिक रुपले पेशेवर कार्यकर्ता हुँदै, राम्रै जिम्मेवारी प्राप्त गरे। राजनीतिक क्षेत्रमा स्थापित हुने मौका पाए। नत्र म नेकपा एमालेको सामन्य समर्थक कार्यकर्ता हुने थिए र गाउँमा पार्टीले अह्राएका सानातिना जिम्मेवारी पूरा गर्थे। अर्को नकारात्मक पक्ष बिस्तापित भएपछि मेरो घर व्यबहार तहसनहस भयो । आर्थिकरुपले ठुलो क्षति ब्यहोर्नु पर्यो। २०६४ पछि मात्र मैले आफ्नो जग्गा जमिन प्रयोग गर्न पाए। सारमा जनयु द्धको कारण मैले धेरै राजनीतिक शक्तिहरू, नागरिक समाज, पत्रकार, जनता सबै सँग स्थापित हुने मौका पाए। राजनीतिक रूपमा मैले जुनखालको इमेज बनाउन पाए त्यसलाई म ठिकै मान्छु। सम्पत्ति भन्ने कुरा त आज छ भोलि छैन। क्षणिक हुन्छ।

अविस्मरणीय क्षण :

जनयु द्धमा होमिएका साथीहरू देख्दा यी साथीहरू भौतिकरुपमा समाप्त भैदिए हुथ्यो जस्तो मलाई कहिल्य लागेन। उहाँहरू प्रति मेरो संमान र सहानुभूति थियो।कहिलेकाही उहाँहरूका कार्यक्रममा पनि सहभागी हुन्थे । ०५४ फागुन १४ गते दिलबहादुर रम्तेलको सम्झनामा बागचौरमा बलिदान दिवसको कार्यक्रम थियो। म पनि त्यहा सहभागी थिए। प्रहरीले आक्रमण गर्यो । हेमराज केसी, खिम ब. डिसी र धन ब. थापा सहिद हुनुभयो। प्रहरीले मलाई पनि दिनुसम्मको यातना दियो । ब’न्दुकको कुन्दैकुन्दाले हान्यो म घा’इते भएर बेहोस भएछु। होसमा आएपछि थाहा भयो, हस्तबहादुर थापा भन्ने प्रहरीले मलाई पनि मा’र्ने भनेर छातिमा प्रहार गर्न लाग्दा, कृष्ण रेउले भन्ने अर्को प्रहरीले बन्दु’कको नाल आकाश तर्फ उठाइदेको हुनाले म बाँचेछु। प्रहरीमा पनि मानवता भएको मान्छे हुदा रैछन। नत्र म त्यही सहिद हुने थिए।

अर्को घटना, कोटबाराका नवीन वली रातिमा आउनुभयो। बाँस बस्ने कुरा गर्नु भयो। मैले प्रहरी आयो भने तपाईलाई पनि समस्या मलाई पनि समस्या हुन सक्छ भने। अन्त कतै जाने ठाउँ छैन अहिले यतै बस्छु भन्नू भयो। आफ्ना बन्दोबस्तीका सामानहरू आफुले लगाएको लेदरको ज्याकेटमा बेरेर मकै बारीमा राख्नु भयो। त्यो रात उहाँ र म एउटै कोठामा संगै सुत्यौं। तर बिहान हामी नउठ्दै राजेन्द्र महतो भन्ने सइको नेतृत्वमा २४ जनाको टोली हाम्रो घरमा घेर्यो। त्यसपछि के गर्ने कसो गर्ने साह्रै समस्या भयो। उहाँले झ्यालबाट हाम फालेर भाग्ने कोसिस गर्नुभयो। मैले रोके। त्यसरी भाग्न सम्भब थिएन।

त्यसपछि कसरी प्रहरीको मन जितेर पठाउने भनेर आमाले त्यो टोलीलाई दुध तताएर ख्याउनु भयो। मकै भटमास भुटेर ख्याउनु भयो। चिसो थियो । आगो तापेर उनीहरुलाई पठाइएको । त्यसपछि नवीनलाई पनि बचाएर पठाइयो। त्यसपछि मेरो मुटु यसरी काप्यो कि नवीन वलीलाइ उनिहरूले हानेर मा’र्दिएका भए के हुन्थ्यो ?उफ! आज यो घटनाबाट कसरी पार पाउन सकियो। त्यो दिन पनि मलाई अविस्मरणीय छ।

राम्रा / नराम्रा पक्षहरू :

जनयु द्धको राम्रो पक्ष चैं जनताको चेतनास्तर वृद्धि भएको छ । आफ्ना अधिकार बारे सचेत चेतनायुक्त मान्छे भएका छन। गहु पिस्दा खेरी कतै घुन पनि पिसिन्छन।उहाँहरूको अभियान अघि बड्ने क्रममा केहि नराम्रो पक्ष पनी भए होइन । जस्तो भौतिक संरचना ध्व’स्त भए। कहिले पनि जवाफ दिन नसकिने गरेर कतिपय निर्दोष मान्छेको ह’त्या गरियो। यसको चै अब कति रिलाइज ( महसुस ) गरेर हुन्छ कति पुष्ट्याई गरेर हुन्छ। यो समस्या हल गर्नु पर्छ।

शीर्ष समाचार

धेरै पढिएको