May 16, 2021, Sunday
२०७८ जेष्ठ २, आईतवार
मनिमारेको त्यो लडाई : जहाँ शुनिल र निर्मम सहिद हुनु भयो, म संयोगले बाँचे : दर्शन

मनिमारेको त्यो लडाई : जहाँ शुनिल र निर्मम सहिद हुनु भयो, म संयोगले बाँचे : दर्शन

२५ औं जनयु’द्ध दिवसको सन्दर्भमा २०७६ फागुनमा नेकपाका नेता टिकाराम वली ‘दर्शन’ सँग नयाँ दृष्टि डटकमका सम्पादक भुमप्रकाश भण्डारी भुपिन संग गरिएको कुराकानीको संपादित अंश ।

कम्युनिस्ट पार्टी र वर्ग संघर्षबाट वर्गीय मुक्ति  

म सर्वहारा श्रमजीवी वर्ग र हुने खाने वर्ग विच बिभेदको बारेमा पहिले देखि नै सचेत थिए। मान्छेहरू किन गरिब हुन्छन ? राज्यसत्ताको बिषयमा पनि सचेत थिए।२०४६ सालमा बहुदल आइसके पछि राजनीतिक जागरण पैदा भयो। त्यतिबेला म बालबोध प्राबी कोटबारामा पढ्थे। पढिरहेको अवस्थामा वर्गीय अन्तरबिरोधहरू, समाजमा हुने गरेका अन्याय अत्याचारहरुको बारेमा बुझ्दै सर्वहारा श्रमजीवी वर्गको मुक्ति कसरी हुन्छ ? कसरी जनता मालिक हुन्छन ? भन्नेकुरा छलफल बहस गर्दै जाँदा के निष्कर्ष निस्कियो भने एउटा कुरा कम्युनिस्ट पार्टी र अर्को कुरा वर्ग संघर्ष । कम्युनिस्ट पार्टीको नेतृत्वमा हुने वर्ग संघर्षबाट मात्रै सर्वहारा वर्गको मुक्ती हुन्छ भन्ने कुराको ज्ञान भयो र त्यतिबेलाको नेकपा माओवादीले त्यो बिचार अघि सार्यो र संगठित गर्यो । त्यसपछि म जनयु’द्धमा लागे । पार्टीमा मैले विद्यार्थी संगठन हुँदै सल्यान जिल्लाको सेक्रेटरी समेत भएर काम गरे।

समाजले जे पायो त्यहि पाए 

जनयु’द्धमा लागेर व्यक्तिगत रुपमा पाउनुपर्ने कुरा नै थिएन। पाउँदा पनि पाइयन । समाजले जे पायो, जस्तो राजतन्त्रात्मक संसदीय ब्यबस्था ढल्यो, संघीय गणतन्त्र ल्यायो, समानुपातिक समाबेशी ब्यवस्था आयो । यो चै सबैले पाएको कुरा भयो । समाजले जे प्राप्त गर्यो त्यसैमा मेरो भुमिका छ । त्यसैले मलाई जनयु’द्ध प्रती गर्व छ। तर वर्तमानमा चै म सन्तुष्ट छैन । वर्तमान अन्योल ग्रस्त छ ।

सामाजिक मर्यादा बढेको छ

म साधारण किसान परिवारमा जन्मेको मान्छे हु । शासकीय परिवारमा होइन। जनयु’द्धमा नलागेको भए म पढेर एउटा जागीर खान्थे होला। कानुन पढेको हुनाले वकिल बन्थे होला। त्यो पनी नसकेको भए काम गर्न पैसा कमाउन ईन्डिया जान्थे होला । दुइचार पैसा कमाउथे होला । तर जनयु’द्धमा लागेको कारणले मेरो, मेरो परिवारको सबैको सामाजिक मर्यादा बढेको छ । मलाई समाजले दिनुपर्ने जुन स्थान हो त्यो मिलेको छ। म जनयु’द्धमा नलागेको भए अहिले तपाईंले पनि अनुभुतीहरूको बारेमा कुरा गर्नु हुन्थेन।

अविस्मरणीय क्षण

त्यस्ता धेरै छन । मेरो पहिलो स्मरणीय घटना भनेको २०५४ फागुन १४ गतेको हो । बागचौरमा बलिदान दिवस मनाउने क्रममा ३ जना विद्यार्थी सहिद हुनु भएको थियो । त्यो कार्यक्रमको प्रमुख मान्छे मै थिए । मेरो नेतृत्वमा भएको थियो त्यो कार्यक्रम ।

मनिमारेको घटना पनि स्मरणीय छ । जहाँ म जिल्लाको सेक्रेटरी भएर आएको थिए । शुनिल हाम्रो कमान्डर हुनुहुन्थ्यो । निर्मम सहिद हुनु भयो । उहा र म सँगै बसेका थियौं । संयोगले म बाँचे। अन्तर संघर्षको हिसाबले मलिवाङ बैठक र कोटबेत बैठक पनि महत्वपूर्ण छन।

आदर्श पूरा भएका छैनन् 

आदर्श पूरा भएकै छैनन। हामीले त्यतिबेला भनेको त जनवाद, समाजवाद हुदै साम्यवादमा पुग्ने भनेको हो । हामी अहिले जो अवस्थामा छौ, यो जनयु’द्धले भनेको होइन । लडाइको बिशिस्ट क्षणमा अहिले हामी भिन्न स्थानमा छौ। यसलाई हाम्रो लक्ष पूरा गर्ने उपलब्धि कै रूपमा लिएका छौं ।

अलि बढी आदर्शका कुरा सिकाएछौं

कमजोर पक्ष के भएछ भने हामीले अलि बढी आदर्शका कुरा सिकाएछौं । व्यबहारमा कार्यन्वयन गर्ने विधि सिकाउनु भन्दा आदर्श बढी सिकाइएछ । जस्तो घरजग्गा रजिष्टेशन गर्ने कुरा जुन अहिले हामिले कार्यन्वयन गर्न सकेनौ । अर्को जनवादी शिक्षा, अहिले हामी आधा सत्तामा हुदा पनि केही गर्न सकेनौ भने उतिबेला भनियो मात्रै । हुनत त्यति नभनेको भए यति परिवर्तन पनि हुने थिएन।

शीर्ष समाचार

धेरै पढिएको