October 26, 2021, Tuesday
२०७८ कार्तिक ९, मंगलवार
कांग्रेस अधिवेशन : सल्यानमा पालिका देखि जिल्लासम्म बिष्ट र पुरी प्यानल आमनेसामने

कांग्रेस अधिवेशन : सल्यानमा पालिका देखि जिल्लासम्म बिष्ट र पुरी प्यानल आमनेसामने

असोज ०५, सल्यान । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत सल्यानमा महाधिवेशन प्रतिनिधि जिल्ला, क्षेत्र र पालिका स्तरियको नेतृत्व चयनको लागि २ समुह चुनावी प्रतिस्पर्धामा आमनेसामने भएका छन ।

नेताहरू धुर्वराज पुरी र केश बहादुर बिष्टको नेतृत्वमा महाधिवेशन प्रतिनिधि देखि जिल्ला हुदै प्रदेश सभा निर्वाचन क्षेत्रको नेतृत्व दावी सहित छुट्टाछुट्टै प्यानल घोषणा भएसँगै २ प्यानल बीचमा चुनावी भिडन्त पक्का भएको हो ।

अधिवेशनको चुनावी प्रतिस्पर्धा अन्तरगत बिष्ट प्यानल बाट जिल्ला उपसभापतिमा क्रमश : गोपाल बुढाथोकी र सन्तोष केसी, सचीवमा एकराज बुढाथोकी र डिल्ली प्रसाद जैसी, सहसचीवमा खिमबहादुर रावत र बुद्धिप्रकाश हमाल उम्मेदवार भएका छन भने प्रदेश सभा क्षेत्र नं क) मा गोरख खत्री र (ख) मा वीर बहादुर सेजवाल रहेका छन ।

बिष्ट प्यानल सँग पुरी प्यानलबाट क्रमशः उपसभापतिमा चक्र देवकोटा र डिल्ली बुढाथोकी, सचीवमा प्रकाश भण्डारी र लोकराज आचार्य र सह सचिवमा जनकराज गौतम र पदम बुढाथोकी तथा प्रदेश सभा क्षेत्र नं (क)मा सुरेश चन्द र (ख) मा सुरेश अधिकारीले प्रतिस्पर्धा गर्ने तय भैसकेको छ । दुवै समुह पालिका स्तरमा पनि प्यानल घोषणाको अन्तिम तयारी रहेको नेताहरूले बताएका छन ।

प्रतिस्पर्धामा रहेका २ प्यानल मध्ये बिष्टलाई पूर्व शिक्षा राज्य मन्त्री राजेन्द्र बहादुर शाहको समर्थन रहेको छ भने पुरीलाई पूर्व केन्द्रिय सदस्य डिल्ली रेग्मी र पूर्व सभापति गणेश चन्दको समर्थन रहेको छ ।

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत असोज ९ गते पालिकामा, असोज १२ गते प्रदेश सभा निर्वाचन क्षेत्रमा र असोज १५ गते जिल्लामा अधिबेशन हुदैछ । यश अघि भदौ २७ देखि तोकिएको पालिका, प्रदेश सभा क्षेत्र र जिल्ला अधिवेशन सदस्यता विवादले पछाडि सारिएको थियो ।

प्रदेश अधिवेशन र केन्द्रीय महाधिवेशन भने यसअघि घोषित मितिमै हुनेछ । कांग्रेसले प्रदेश अधिवेशन कात्तिक १०, ११ र १२ गते र केन्द्रीय महाधिवेशन मंसिर ९–१३ मा गर्ने कार्यतालिका छ ।

सल्यानमा भदौ २१ गते वडा तहको अधिवेशन सम्पन्न भएको थियो । सल्यानमा ४ हजार २ सय ५० कृयाशिल सदस्यले अधिवेशनमा सहभागिता जनाउदैछन ।

शीर्ष समाचार

धेरै पढिएको