October 26, 2021, Tuesday
२०७८ कार्तिक १०, बुधबार
दुई श्रीमती हुदाहुदै तेस्रो विवाह गर्ने वडाध्यक्ष सहित सल्यानमा सात कैदीलाई आममाफी

दुई श्रीमती हुदाहुदै तेस्रो विवाह गर्ने वडाध्यक्ष सहित सल्यानमा सात कैदीलाई आममाफी

असोज ३,सल्यान । घरमा दुई श्रीमती हुदाहुदै तेस्रो विवाह गर्ने एक वडाध्यक्षका श्रीमान – श्रीमती सहित सल्यानबाट सात जना कैदीलाई आम माफी दिइएको छ ।

संविधान दिवसको अवसरमा असल चालचलन भएका ७ जनालाई कैद सजाय मिनाहा भएको जनाइएको छ ।

संविधानको धारा २७६ अनुसार विभिन्न कारणले कैद भुक्तान गरी रहेका कैदीहरूको चालचलनका आधारमा बाँकी कैद माफी दिने व्यवस्था रहेको छ । कैद मिनाहा हुनेमा ६ पुरुष र १ महिला रहेको जिल्ला कारागार सल्यानले जनाएको छ ।

माफी पाउनेमा बहुविवाहका ५, कर्तव्य ज्यानका १ र हातहतियार मुद्दाका १ रहेको जेलर बल बहादुर केसीले बताए ।

कैद माफी पाउनेमा तीन वटा विवाह गरी कैद भुक्तान गरी रहेका वडाध्यक्ष र उनको कान्छी श्रीमती समेत रहेका छन् । तेस्रो विवाह गर्ने बनगाड कुपिण्डे नगरपालिका –९ का वडाध्यक्ष सहित कान्छी श्रीमती २०७७ मङ्सिर मा पक्राउ परेका थिए ।

घरमा २ जना श्रीमती र दुबै श्रीमती तर्फ ४ जना छोराछोरी हुँदाहुँदै तेस्रो श्रीमती बिहे गरेको भनी स्थानिय ५ जनाले सल्यान प्रहरीमा बहुविवाह गरेको कसुरमा उजुरी दिएको आधारमा जिल्ला अदालत सल्यानबाट पक्राउ अनुमति लिई आरोपीत दुबैजना लाई प्रहरी ले नियन्त्रणमा लिएको थियो।

कुमाईले स्थानिय नोखबहादुर बोहोराकी श्रीमती ग्वाँमीलाई मंसिर १ गते भगाएका थिए । गौरीका ५ छोराछोरी छन भने, कुमाईका पहिलाकै २ श्रीमती बाट चार छोराछोरी छन । गौरी र कुमाइले क्रमशः ४६ र ५२ बर्षका उमेरमा बिहे गरेका हुन । गाउँकि जान्नेमान्ने ठानिने गौरीलाई वडाध्यक्ष्य कुमाइले उपभोक्त समितिमा नछुटाई राख्ने गरेका थिए ।

उनिहरू बिचको अवैध सम्बन्ध स्थानिहरूले पनि गाइगुइ सुन्ने गरेको थिए । कुमाई स्थानीय तहको निर्वाचनमा बनगाड कुपिण्डे वडा नं ९ बाट तत्कालीन माओवादी बाट निर्वाचित भएका थिए ।

शीर्ष समाचार

धेरै पढिएको