September 20, 2021, Monday
२०७८ आश्विन ४, सोमबार
जनपत्रकार संगठन कर्णालीको अध्यक्षमा कालिकोटका वसन्त र सचिवमा सल्यानका खकेन्द्र

जनपत्रकार संगठन कर्णालीको अध्यक्षमा कालिकोटका वसन्त र सचिवमा सल्यानका खकेन्द्र

भाद्र २६, सुर्खेत । जनपत्रकार संगठन नेपाल कर्णाली प्रदेशको प्रथम सम्मेलन सम्पन्न भएको छ । शनिबार सुर्खेतमा भएको प्रदेश सम्मेलनले कालिकोटका वसन्त विकको अध्यक्षतामा पछि ५ सदस्य थप्नेगरी २३ सदस्य प्रदेश कमिटी चयन गरेको छ ।

जसको उपाध्यक्षमा योगराज विश्वकर्मा (सल्यान), कर्ण विश्वकर्मा (कालिकोट), सचिवमा खकेन्द्र केसी (सल्यान), सहसचिवमा प्रेम विश्वकर्मा (जाजरकोट), जनसरा ऐडी (कालिकोट) र कोषाध्यक्षमा सिद्ध बहादुर खड्का (सुर्खेत) रहेका छन् ।

त्यस्तै सदस्यहरुमा बिरेन्द्र डिसी (सल्यान अध्यक्ष), गमानसिंह घर्ती (रुकुम अध्यक्ष ), खड्क विक (कालिकोट अध्यक्ष ), बिरेन्द्र शाही (जाजरकोट अध्यक्ष), जीवन विक (दैलेख), उपेन्द्र रावल, रमेश प्याकुरेल, अशोक शाही, रण बहादुर विक, खड्क विक, देउरुमा कठायत, सुनिता परियार रहेका छन् ।

नेकपाका केन्द्रीय सदस्य एटम विसी र जनपत्रकार संगठन नेपालका अध्यक्ष सेर बहादुर विकको उपस्थितिमा सम्मेलन गरिएको हो । संगठनका भेरी कर्णाली ब्युरो संयोजक जगदिशनाथ योगीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन कर्ण विश्वकर्माले गरेका थिए ।

सल्यान जिल्ला अध्यक्ष बिरेन्द्र डिसीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा नव निर्वाचित सचिव खकेन्द्र केसीले कर्णाली प्रदेशको समग्र विषयमा जनपत्रकारको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

शीर्ष समाचार

धेरै पढिएको