September 20, 2021, Monday
२०७८ आश्विन ४, सोमबार
सल्यान कांग्रेसका वडा समिति र क्षेत्रीय प्रतिनिधि चयन हुदै, शिर्ष नेताहरु को कहाँ बाट प्रतिनिधि बन्दैछन ?

सल्यान कांग्रेसका वडा समिति र क्षेत्रीय प्रतिनिधि चयन हुदै, शिर्ष नेताहरु को कहाँ बाट प्रतिनिधि बन्दैछन ?

भदौ २१, सल्यान । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सल्यानमा आज (भदौ २१ गते) नेपाली कांग्रेसको वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि चयन हुने भएका छन । सोमबार हुन लागेको अधिबेशन बाट जिल्लाका ८३ वटा वडाको कार्यसमिति र क्षेत्रिय प्रतिनिधिहरु चयन हुन लागेका हुन ।

वडा कार्यसमिति र क्षेत्रिय प्रतिनिधिहरु एक पदमा एउटा मात्र उम्मेद्वार भएमा निर्विरोध र एक भन्दा बढी हुने अवस्थमा निर्वाचनको पक्रिया बाट चयन गरिने भएको छ । निर्वाचन हुने वडाहरुमा ८ बजे देखी अपरान्ह ५ बजेसम्म निर्वाचनको माद्यामबाट अधिवेशन सम्पन्न गरिने जिल्ला निर्वाचन अधिकृत शुशिल श्रेष्ठले बताउनु भयो ।

नेपाली काँग्रेसको आगामी नेतृत्व चयनको लागी महत्वपूर्ण मानिएको १४औँ महाधिवेशनअन्तर्गत सल्यानमा भदौ २१ गते हुने तय भएको वडा तहको अधिवेशनका ४ हजार २ सय १५ जना क्रियाशिल सदस्यहरु अधिवेशसनमा सहभागी हुनेछन ।

वडा तहको अधिवेशनको लागी जिल्लाको शारदा नगरपालिका बाट ७५८, बाचौर नगरपालिकामा ८९६, बनगाड कुपिन्डे नगरपालिकामा २९१, कपुरकोट गाउँपालिकामा ४०१, छत्रेश्वरी गाउँपालिकामा ४३६, त्रिवेणी गाउँपालिकामा ३२९, कालिमाटी गाउँपालिकामा ३११, सिद्धकुमाख गाउँपालिकामा १९५, कुमाख गाउँपालिकामा ३३४ र दार्मा गाउँपालिकामा ३११ जना क्रियाशिल सदस्य अधिवेशनमा सहभागी हुने कांग्रेस सल्यानका सचिव प्रकाश भण्डारीले बताए ।

क्रियाशील सदस्यले आफ्नो वडाको वडा समिति र क्षेत्रीय प्रतिनिधिको चयन गर्छन् । वडा अधिवेशनले आफूमध्येबाट सभापति एक, उपसभापति दुई, सचिव दुई र सहसचिव दुई गरी सात पदाधिकारी निर्वाचित गर्ने कांग्रेसको विधानमा व्यवस्था छ । यसबाहेक मतदाता सङ्ख्याको अनुपातका आधारमा वडा सदस्य र क्षेत्रीय प्रतिनिधि निर्वाचित हुने छन् ।

शिर्ष नेताहरु को कहाँ बाट प्रतिनिधि बन्दैछन ?

नेपाली कांग्रेसको विधान अनुसार महाधिवेशन र नेतृत्व चयनको लागी पार्टीको वडा अधिवेशन महत्वपुर्ण मानिएको छ । वडा अधिवेशन बाट क्रियाशिस सदस्यहरुले वडा कार्यसमिति र क्षेत्रिय प्रतिनिधिहरु चयन गर्दछन । क्षेत्रिय प्रतिनिहरु मात्र पालिका, प्रदेशसभा क्षेत्र र जिल्ला कार्यसमितिको लागी उम्मेद्वार बन्न पाउदछन । तसर्थ पालिका, क्षेत्र र जिल्लामा नेतृत्वको आकांक्षीहरु वडा बाट निर्वाचित भएर आउनुपर्दछ ।

तर प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा उम्मेद्वार बनेकाहरु चाही सिधै मनोनित हुनेछन । सोही व्यवस्था अनुरुप सल्यान कांगेसका शिर्ष नेताहरु राजेन्द्र बहादुर शाह, डिल्ली रेग्मी, एकराज डिसी र गणेश चन्द सिधै प्रतिनिधि चयन हुनेछन भने नेताहरु धुर्वराज पुरी – बानपा ८, केशबहादुर बिष्ट – छत्रेश्वरी ३, निम बहादुर वली– बानपा ९, प्रकाश भण्डारी – शानपा ६, चक्र देवकोटा– कपुरकोट ५, मान बहादुर डाँगी – त्रिवेणी , सन्तोष केसी – छत्रेश्वरी ६, सुरेश अधिकारी – शानपा २, धुर्वमल्ल–महेश मल्ल – शानपा २ र रामचन्द्र केसी दार्मा २ बाट प्रतिनिधिमा हुन निर्वाचित हुनुपर्नेछ ।

कांग्रेसले ७५३ वटै स्थानीय तहको अधिवेशन भदौ २७ गते गर्ने निर्वाचन तालिका सार्वजनिक गरेको छ । त्यसअघिसम्म ७७ वटै जिल्लाका सबै वडाको अधिवेशन सक्ने गरी काम गर्न निर्वाचन समितिले पार्टीको ध्यानाकर्षण गराउँदै आएको छ ।

महाधिवेशनअन्तर्गत गाउँरनगर वडा अधिवेशन आज भदौ १८, गाउँरनगरपालिका अधिवेशन भदौ २७, प्रदेशसभा क्षेत्रीय अधिवेशन आगामी असोज १ र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन÷एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज ५ गते तोकिएको छ । यसैगरी कांग्रेसले एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १०, प्रदेश अधिवेशन कात्तिक १० देखि १२ गतेसम्म र केन्द्रीय महाधिवेशन आगामी मङ्सिर ९ देखि १३ गतेसम्म तय गरेको छ ।

शीर्ष समाचार

धेरै पढिएको