September 20, 2021, Monday
२०७८ आश्विन ४, सोमबार
काँग्रेस सल्यान अधिबेशन : सभापति पदमा बिष्ट झनै बलिया, केसी र वलीको पनि समर्थन

काँग्रेस सल्यान अधिबेशन : सभापति पदमा बिष्ट झनै बलिया, केसी र वलीको पनि समर्थन

साउन १४, सल्यान । नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशन अन्तरगत सल्यान जिल्लाको सभापति पदका आकांक्षी २ जना नेताहरुले जिल्ला सभापतिमा केशबहादुर बिष्टलाई समर्थन गर्ने भएका छन ।

सभापति पदका आकांक्षी हालका पार्टी उपसभापति निमबहादुर वली र अर्का आकांक्षी छत्रेश्वरी गाउँपालिका अध्यक्ष, नेका क्षेत्र नं (ख)क्षेत्रिय सभापति तथा तरुण दल अध्यक्ष सन्तोष केसीले आसन्न अधिबेशनमा पार्टीको जिल्ला सभापतिमा, उम्मेदवार केशबहादुर बिष्टलाई समर्थन गर्ने बताएका हुन ।

बुधबार सल्यान खलंगामा भएको पत्रकार सम्मेलनमा बोल्दै उनिहरुले यस्तो बताएका हुन । केसी र वलीले समर्थन गरेपछि बिष्ट झनै बलियो उम्मेदवार बनेका छन् ।

सल्यानमा कांग्रेसको आगामी नेतृत्वको लागी नेताहरु ध्रुवराज पुरी, केशबहादुर बिष्ट, मान बहादुर डाँगी, एकराज डिसी, महेश मल्ल, लगाएतको अझै दावि रहेको छ ।

बिष्ट देउवा समुहका नेता हुन भने सल्यानमा उनलाई देउवा समुहका नेता पूर्व मन्त्री राजेन्द्र बहादुर शाहको समर्थन रहेको छ । यद्दपि साउन १२ गते बाट सुरु हुने भनेको कांग्रेसको स्थानिय अधिबेशन अर्काे तालिका नआउदा सम्मको लागि स्थगित भएको छ ।

लेखक, नयाँ दृष्टि डिजिटल पत्रिकाको सम्पादक हुनुहुन्छ।

शीर्ष समाचार

धेरै पढिएको