September 20, 2021, Monday
२०७८ आश्विन ४, सोमबार
केशबहादुर बिष्ट पक्षले घोषणा गरेको कांग्रेस अधिबेशन लक्षित भेटघाट कार्यक्रमहरू स्थगित

केशबहादुर बिष्ट पक्षले घोषणा गरेको कांग्रेस अधिबेशन लक्षित भेटघाट कार्यक्रमहरू स्थगित

साउन १३, सल्यान । सल्यानमा नेपाली कांग्रेसको आसन्न १४ औं जिल्ला अधिवेशनमा सभापतिको उम्मेदवार केशबहादुर बिष्ट पक्षले घोषणा गरेका अधिबेशन लक्षित कार्यकर्ता भेटघाट कार्यक्रमहरू स्थगित भएका छन ।

केन्द्रिय निर्वाचन तालिका बमोजिम यहि साउन १२ गते बाट हुने भनिएको स्थानीय स्तरको निर्वाचन तालिका अर्को सुचना जारी नहुदासम्मको लागि स्थगित भएकोले हाललाई पूर्व निर्धारित भेटघाट कार्यक्रमहरू स्थगित गरिएको बुधबार पत्रकार सम्मेलन मार्फत उक्त पक्षले जानकारी गराइएको छ ।

केन्द्र बाट निर्वाचनको अर्को तालिका आएपश्चात जिल्लामा पुनः भेटघाट कार्यक्रमलाई निरन्तरता दिईने सभापतिका उम्मेदवार केश बहादुर बिष्टले बताए ।

पत्रकारहरू सँग बोल्दै नेता बिष्टले नेपाली कांग्रेसमा सैद्धान्तिक र बैचारिक रुपमा कुनै बहस नरहेको तर पार्टीलाई बिचार अनुसार समयसापेक्ष सहि नेतृत्व दिनुपर्ने भएकाले आफुहरूले जिल्लादेखी पालिकासम्म सोही अनुसार तयारी गरेको बताए ।

२०४६ सालको परिवर्तन पछि जिल्लाका पहिलो पुस्ताका केहि नेताहरूले पार्टी र सत्तामा लामो समय अवसर पाएकोले अब जिल्लको मुल नेतृत्व सहज ढंगले हस्तान्तरण गर्नु पर्ने र नभए चुनाव बाट भएपनी पुस्तान्तरण गर्नुपर्ने उनले बताए ।

यस अघि केश बहादुर बिष्टको नेतृत्वमा जिल्ला अधिवेशनमा सहभागी हुने निर्णय सहित सार्वजनिक गरिएको कार्यतालिका बमोजिम साउन १४ गते सिद्धकुमाख गाउँपालिकाको उचाल्ने बाट भेटघाट अभियान सुरु हुने र अभियान साउन २५ गते निगाल्चुला पुगेर पुरा हुने बताइएको थियो ।

शीर्ष समाचार

धेरै पढिएको