July 31, 2021, Saturday
२०७८ श्रावण १६, शनिबार
उपचारको लागि दिल्ली उड्नु अघि झलनाथले ईश्वर पोखरेललाई गरे यस्तो आग्रह

उपचारको लागि दिल्ली उड्नु अघि झलनाथले ईश्वर पोखरेललाई गरे यस्तो आग्रह

असार ०२,काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल स्वास्थोपचारका सिलसिलामा नयाँ दिल्ली प्रस्थान गरेका छन् । नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा उनको उपचार हुने छ ।

श्रीमती, छोरा र एक चिकित्सकसहित खनाल दिल्ली गएका हुन् । केहीदिनदेखि अस्वस्थ भएका उनको काठमाडौंको नर्भिक अस्पतालमा उपचार हुन भएको थियो । तर, स्वास्थ्य बिग्रिदै गएपछि परिवारको निर्णयमा दिल्ली लगिएको छ । झलनाथ मिर्गौलाको समस्याबाट पिडित छन् ।

थप उपचारका लागि भारतको नयाँ दिल्ली जानुअघि नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनालले पार्टीलाई एकताबद्ध बनाउन महासचिव ईश्वर पोखरेललाई आग्रह गरेका छन् ।

थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पतालमा उपचाररत पूर्वप्रधानमन्त्री खनाललाई आज महासचिव पोखरेलले भेट गरेका थिए । ‘पार्टी मिलाउनुस् कमरेड’ भनी नेता खनालले महासचिव पोखरेललाई आग्रह गरेको महासचिवका प्रेस सल्लाहकार गणेश पाण्डेले जानकारी दिए ।

एमालेभित्रको विवाद मिलाउन दोस्रो तहका नेताहरु सक्रिय रहेका बेला उच्च नेताबीचमा पनि अनौपचारिक संवाद भइरहेको छ तर निकास निस्किसकेको छैन ।


लगातार ज्वरो आएपछि खनाललाई जेठ ३१ गते नर्भिक अस्पताल भर्ना गरिएको थियो । तर, स्वास्थ्यमा सुधार आउनुको साटो समस्या बढ्दै गयो । उनमा ‘मिर्गौला फेल’ पछिको स्वास्थ्य जटिलता देखिएको नर्भिक अस्पताल स्रोतले बताएको छ ।

गत माघमा स्वास्थ्यमा समस्या आएपछि झलनाथ उपचारका लागि दिल्ली पुगेका थिए । त्यहाँको एपोलो अस्पतालमा स्वास्थ परीक्षण गर्दा उनको मिर्गौला फेल भएको पुष्टि भएको थियो ।

नेता खनालको रगत जाँच गर्दा हेमोग्लोबिनको कमी देखिएको तथा ज्वरोसँगै स्वास्थ्यमा थकान महसुस हुने, श्वास फेर्न गाह्रो हुनेजस्ता समस्या देखिएपछि उनलाई गत जेठ ३१ गते अस्पताल भर्ना गरिएको थियो।

केही महिनाअघि नेता खनाल कोभिड–१९ सङ्क्रमणमुक्त भएका थिए।

 

शीर्ष समाचार

धेरै पढिएको