June 15, 2021, Tuesday
२०७८ असार २, बुधबार
एमाले सुदुरपश्चिममा लफडा : माधव समुहका मन्त्री द्वारा केपी समुहका प्रदेश सचीव कुटिए

एमाले सुदुरपश्चिममा लफडा : माधव समुहका मन्त्री द्वारा केपी समुहका प्रदेश सचीव कुटिए

जेठ २३, कैलाली । एमाले सुदूरपश्चिम प्रदेशका सचिव राजेन्द्र रावलले आफूमाथि भौतिक पूर्वाधार विकास मन्त्री दीर्घ सोडारीले मन्त्रालयमै हातपात गरेको आरोप लगाएका छन् ।

सोमबार साँझ मन्त्रीकै कार्यकक्ष भित्र हातपात भएको सचिव रावलको दावी छ । ‘मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत नदिन निर्देशन सहितको पत्र बुझाउन मन्त्रालय गएको थिएँ’ उनले भने, ‘मन्त्री एक्कासी आक्रमण गर्ने शैलीमा आउनु भयो, मेरो कठालो समातेर दुर्व्यवहार गर्नुभयो ।’

आफूसँग भएका अन्य पत्रहरूसमेत मन्त्री सोडारीले च्यातिदिएको उनले बताए । रावलले मन्त्री सोडारीविरुद्ध प्रहरीमा उजुरी गर्नेसमेत बताए ।

यसैबीच एमाले सुदूरपश्चिम पार्टी अध्यक्ष कर्ण थापाले हातपात र दुर्व्यवहारको भर्त्सना गरेका छन् । सोमबार साँझ विज्ञप्ति जारी गर्दै अध्यक्ष थापाले मन्त्री सोडारीमाथि कारबाहीको माग गरेका छन् ।

उता मन्त्री सोडारीले भने हातपात नगरेको बरु आफूमाथि मन्त्रालयमा अभद्र व्यवहार भएको दावी गरे छन् । ‘उहाँ मन्त्रालयमा आउनु भयो । जबरजस्ती ह्वीप जारी गर्ने जस्ता आपत्तिजनक कुरा गर्दै हुनुहुन्थ्यो’ उनले भने, ‘मैले त्यो त्यस्तो नगर्नुस् भनेँ । उहाँले अभद्र व्यवहार देखाउनु भयो ।’

मन्त्री सोडारीका स्वकीय सचिव ललित बहादुर बोहराले विज्ञप्ति जारी गर्दै मन्त्रीले रावलमाथि दुर्व्यवहार गरेको नभई रावलले नै मन्त्री सोडारीमाथि दुर्व्यवहार गरेको दावी गरेका छन् ।

मन्त्री सोडारी नेकपा एमाले माधव समूहका नेता हुन् भने प्रदेश सचिव रावल ओली समूहका नेता हुन् ।

त्यस्तै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टको विपक्षमा मतदान गर्ने एमालेका ७ जना प्रदेश सभा सदस्यलाई संसदीय दलले स्पष्टीकरण सोधेको छ ।

प्रदेशसभा सदस्य पठानसिंह बोहरा, लिलाधार भट्ट, रतन थापा, माया तामाङ बोहरा, ग्याल्बु बोहरा, नेपालु चौधरी र बलदेव रेग्मीलाई दलका नेता प्रकाश शाहले २४ घण्टे स्पष्टीकरण सोधेका हुन् ।

उनले मंगलबार एमाले संसदीय दलको ह्विप ह्विप उल्लङ्घन गरेको भन्दै स्पष्टीकरण सोधेका छन् । २६ गते ५ बजेभित्र दलको कार्यालयमा स्पष्टीकरण दिन निर्देशन जारी गरिएको छ । निर्धारित समय भित्र स्पष्टीकरण नबुझाइए वा स्पष्टीकरण चित्त बुझ्दो नभए संसदीय दलको विधान अनुसार कारबाही गर्ने समेत चेतावनी दिइएको छ ।

स्पष्टीकरण सोधिएका ७ जना नै ओली पक्षका हुन् । १० जेठमा एमाले स्थायी कमिटी बैठकले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो भने १२ जेठमा संसदीय दलमा सरकारलाई समर्थन जारी राख्ने निर्णय भएको थियो ।

आइतबार मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत लिने बताएपछि मंगलबार बिहान एमाले संसदीय दलको बैठकले उनलाई विश्वासको मत दिने निर्णय गरेको थियो । ओली पक्षका ७ सांसद भने उक्त निर्णय अस्वीकार गर्दे हस्ताक्षर समेत नगरी बाहिरिएका थिए ।

शीर्ष समाचार

धेरै पढिएको