September 18, 2021, Saturday
२०७८ आश्विन २, शनिबार
एमाले अध्यक्ष ओलीको एकता प्रस्तावलाई दुत्कार्दै रामकुमारी झाक्रीले गरिन कडा टिप्पणी

एमाले अध्यक्ष ओलीको एकता प्रस्तावलाई दुत्कार्दै रामकुमारी झाक्रीले गरिन कडा टिप्पणी

जेठ २३, काठमाण्डौ । नेकपा एमालेको झलनाथ खनाल र माधव नेपाल पक्षकी नेता रामकुमारी झाँक्रीले पार्टी अध्यक्ष केपी शर्मा ओलीद्वारा आइतबार जारी एकतर्फी वक्तव्यले पार्टी एकतामा कुनै काम नगर्ने बताएकी छन्।

आइतबार ओलीको विज्ञप्तिपछि प्रतिक्रिया दिँदै नेता झाँक्रीले ओलीको विज्ञप्तिलाई एकतर्फी घोषणा गरेर एकता गर्न खोजिएको होइन भन्दै झुक्याउन, अलमलाउन र मिडिया कन्जम्सनुका लागि मात्र भएको दाबी गरेकी छन्।

‘यो साँच्चै एकताको लागि गरिएको भए एकता गर्नुपर्ने दुई पक्षबीचमा सहमति गरी वरिष्ठ नेता कमरेड माधव नेपालसहितको संयुक्त वक्तव्यको रूपमा आउँथ्यो। एकतर्फी घोषणा गरेर एकता गर्न खोजिएको होइन। झुक्याउन, अलमलाउन र मिडिया कन्जम्सनका लागि हो भनेर बुझ्नुपर्छ,’ उनले भनेकी छन्।

आज प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीले एक विज्ञप्ति जारी गर्दै एमाले एकताका लागि पार्टीलाई पूर्ववत् अवस्थाबाट सञ्चालन गर्न तयार रहेको बताएका थिए। ओलीको उक्त वक्तव्य आफूहरूलाई अलमल्याउने र झुक्याउन गरिएको उनले बताइन्।

‘भर्खरै मिडियामा अध्यक्ष क। खड्गप्रसाद ओलीको नामबाट आएको वक्तव्य पढ्न पाइयो। सुरूमा यो वक्तव्य देखेर म पनि खुसी भएँ। उत्साहित हुँदै पढेँ। पढ्दै जाँदा लाग्यो पार्टीको एकता खास उद्देश्यका लागि थियो र एकता भंग पनि खास उद्देश्य पूरा गर्न योजनागत ढंगले गरिएको कुरा दिनको घाम जस्तै छ,’ उनले भनेकी छन्।

ओलीले विज्ञप्तिका ४ नम्बर बुँदामा काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाइयोस् भन्ने मागसहित सर्वोच्च अदालतमा प्रस्तुत रिट निवेदनमा प्रयोग गरिएको हस्ताक्षर फिर्ता दिन सर्त अगाडि सारेका थिए।

‘अझ गम्भीर कुरा त के छ भने बुँदा नं। ४ मा अदालतमा दिएको हस्ताक्षर फिर्ता गरिनेछ भनिएको छ। यो कसले फिर्ता लिनेरु फिर्ता लिने पक्षसँग यो वक्तव्य जारी गर्न सहमति वा संवाद आवश्यक पर्ने होइन ररु,’ उनले भनिन्, ‘लोकतन्त्रको रक्षाका लागि संविधानलाई क्रियाशील गराउन, संसद पुनःस्थापना गर्न, हामी अदालतको ढोका ढकढकाउन पुगेका थियौं। हामीले यसको सुनिश्चिता बिना हस्ताक्षर फिर्ता लिने भन्ने प्रश्न नै आउँदैन।’

उनले ओलीको वक्तव्यलाई एकता हुन नदिने ग्रान्ड डिजाइनका साथ आएको दाबी गरेकी छन्।

‘यो एक प्रकारले पार्टी एकता हुन नदिने डिजाइनका साथ आएको वक्तव्य हो। यसप्रति भ्रममा नपर्न अनुरोध गर्छु। विकसित घटनाक्रम र समग्र पछिल्लो राजनीतिक परिस्थितिबारे हाम्रो पार्टीको स्थायीको बैठक बसी संस्थागत धारणा दिइनेछ,’ उनले भनिन्।

शीर्ष समाचार

धेरै पढिएको