September 22, 2021, Wednesday
२०७८ आश्विन ७, बिहीबार
चर्काे विरोध भएपछि महतोले मध्येरातमा दिए यस्तो प्रष्टिकरण ( हेर्नूहोस,पूर्णपाठ )

चर्काे विरोध भएपछि महतोले मध्येरातमा दिए यस्तो प्रष्टिकरण ( हेर्नूहोस,पूर्णपाठ )

जेठ २३, काठमाडौं । उपप्रधानमन्त्री राजेन्द्र महतोले आफ्नो विवादास्पद अभिव्यक्ति बार स्पष्टिकरण दिएका छन । शनिबार राति विज्ञप्ति जारी गर्दै उनले आफू राष्ट्रिय एकता र अखण्डताप्रति पूर्ण प्रतिबद्ध रहेको भन्दै कसैलाई भ्रममा नपर्न आग्रह गरेका छन् ।

पछिल्लो अभिव्यक्ति विवादमा परेपछि मन्त्री महतोले शनिवार राति प्रेस विज्ञप्ति जारी गर्दै आफ्नो अभिव्यक्तिलाई वंग्याएर र गलत अर्थ लाग्ने गरी प्रचार प्रसार भएको बताएका छन् ।

महतोले संविधानको धारा ३ मा उल्लेख भए बमोजिम नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त स्वतन्त्र र अखण्ड रहेको प्रसंगलाई आफूले सबैको साझा राष्ट्र हो भन्ने आशय व्यक्त गरेको बताएका छन् ।

सपथ ग्रहन लगतै नेपाललाई बहुराष्ट्रिय राज्य बनाउन राष्ट्रिय मुक्ति आन्दोलनको तयारी गर्ने अभिव्यक्ति दिएपछि उनको विरोध भैरहेको छ ।

विज्ञप्तिको पूर्ण पाठ :

rajendra-mahato-clearance

शीर्ष समाचार

धेरै पढिएको