September 23, 2021, Thursday
२०७८ आश्विन ७, बिहीबार
राजेन्द्र महतोलाई गोकुल बास्कोटाले फर्काए मुखभरीको जवाफ

राजेन्द्र महतोलाई गोकुल बास्कोटाले फर्काए मुखभरीको जवाफ

जेठ २२, सल्यान । उपप्रधानमन्त्री राजेन्द्र महतोलाई पूर्वमन्त्री तथा एमालेका नेता गोकुल बाँस्कोटाले मुखभरीको जवाफ फर्काएका छन । उनले नेपाल बहुभाषिक, बहुजातीय, बहुधार्मिक, बहुसांस्कृतिक राज्य भएपनि नेपाल बहुराष्ट्रहरुको योगफल नभएको बताएका छन् ।


उनले नेपाल बहुराष्ट्रहरुको योगफल नभएको र जन्मजात एक सार्वभौम राज्य भएको समेत सामाजिक सञ्जालमार्फत बताएका छन् । उपप्रधानमन्त्री राजेन्द्र महतोले नेपाललाई बहुराष्ट्रिय राज्य बनाउने अभिव्यक्ति दिएपछि त्यसको जवाफमा बाँस्कोटाले कसैको बुझाइमा भ्रम छ भने त्यो उसको राज्यको उत्पति र विकास सम्बन्धी ज्ञान र दृष्टिकोणको समस्या भएको बताएका छन् ।

उनले ट्वीटरमा भनेका छन्, ‘नेपाल बहुभाषिक, बहुजातीय, बहुधार्मिक, बहुसांस्कृतिक राज्य हो । बहुराष्ट्रहरुको योगफल होइन । जन्मजात एक सार्वभौम राज्य हो । कसैको बुझाइमा भ्रम छ भने त्यो उसको राज्यको उत्पति र विकाससम्बन्धी ज्ञान र दृष्टिकोणको समस्या हो, नेपाल राज्यको र जनताको बुझाईको समस्या होइन।’


महतोले शुक्रबार शपथलगत्तै नेपाललाई बहुराष्ट्रिय मुलुक बनाउनतिर लाग्ने बताएपछि त्यसको चौतर्फी आलोचना हुँदै आएको छ ।

शीर्ष समाचार

धेरै पढिएको