June 19, 2021, Saturday
२०७८ असार ५, शनिबार
राजेन्द्र महतोको अभिव्यक्ति बारे लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलले दिए यस्तो प्रष्टिकरण

राजेन्द्र महतोको अभिव्यक्ति बारे लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलले दिए यस्तो प्रष्टिकरण

जेठ २२, सल्यान । जसपा बाट सरकारमा सहभागी उपप्रधान तथा शहरी विकास मन्त्री राजेन्द्र महतोले सपथ ग्रहनका क्रममा नेपाल बहुल राष्ट्रियतामा आधारित राज्य भएकाले बहु राष्ट्रिय राज्य स्थापना गर्न राष्ट्रिय मुक्ति आन्दोलनको लागि तयारी गर्ने भन्ने अभिव्यक्तिको देशभर चौतर्फी बिरोध र आलोचना भैरहेको छ ।

महतो को उक्त अभिव्यक्ति राष्ट्र र संबिधान बिरोधि तथा बिखण्डणकारी भएको आरोप लाग्ने गरेको छ । सोही बिषयमा प्रधानमन्त्री केपि ओलीलाई पनि जोडेर सरकारलाई आरोप लाग्न थालेपछी एमालेका प्रभावशाली नेता तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रष्टिकरण दिएका छन ।

शनिबार सामाजिक संजाल मार्फत उनले जसपाका कतिपय नीतिसंग आफ्नो पार्टीको हिजो देखि आज सम्म बिमती रहेको तर आज जुन कुराको तिव्र विरोध भइरहेको छ, त्यो हिजो माओवादी केन्द्रको नीति भएकाले माओवादी केन्द्रको उक्त नीति वदलिएको हो भने जसपाको पनि अवश्य वदलिनेछ ” भन्दै कटाक्ष गरेका छन ।

यस्तो छ उनको वक्तव्य :

जसपाका कतिपय नीतिसंग हाम्रा विमती हिजो पनि थिए र आज पनि छन नै । आज जुन कुराको तिव्र विरोध भइरहेको छ, हिजो त्यो माओवादी केन्द्रको नीति हो । आज माओवादी केन्द्रको उक्त नीति वदलिएको हो भने जसपाको पनि अवश्य वदलिनेछ । तर राष्ट्र र राज्यका वारेमा हामी हिजो पनि स्पष्ट थियौ र आज पनि स्पष्ट नै छौ ।

शीर्ष समाचार

धेरै पढिएको