June 19, 2021, Saturday
२०७८ असार ५, शनिबार
दुर्गा प्रसाईँले उज्वल थापाको उपचार खर्च व्यहोर्छु भनेपछि परिवारले दियो यस्तो प्रतिक्रया

दुर्गा प्रसाईँले उज्वल थापाको उपचार खर्च व्यहोर्छु भनेपछि परिवारले दियो यस्तो प्रतिक्रया

जेठ १५, काठमाडाैँ । विवेकशील साझा पार्टीका पूर्व संयोजक उज्वल थापाको उपचार खर्च मेडिकल व्यवसायी दुर्गा प्रसाईँले तिर्ने घोषणा गरेपछि परिवारले उक्त बिषयमा प्रतिक्रिया दिएको छ । थापाको परिवारको तर्फ बाट जारी विज्ञप्तिमा उक्त सहयोग आवश्यक नपर्ने जनाइएको छ।

हाल थापाको परिवार, आफन्तजन, साथी तथा शुभेच्छुकहरूबाट प्राप्त सहयोगले नै स्वास्थ्य उपचारको खर्च व्यहोरिरहेको र भविष्यमा पनि त्यसै गर्ने भएकोले प्रसाईँले दिने भनेको सहयोग आवश्यक नपर्ने थापाको परिवारजनका तर्फबाट जारी प्रेस विज्ञप्तिमा उल्लेख छ।

प्रसाईँले थापाको उपचारमा लाग्ने सम्पूर्ण सहयोग आफूले व्यहोर्ने घोषणा शनिबार बिहान गरेका थिए। तर थापाको परिवारले मेडिकल व्यवसायी प्रसाईँको सहयोग अस्वीकार गरेको हो।

‘सहयोग संकलनको क्रममा उज्वल थापाको उपचार खर्च आफूले व्यहोर्ने भनी श्री दुर्गा प्रसाईंले भन्नुभएको भन्ने सञ्चार माध्यममा प्रकासनरप्रसारण भएको खबर हाम्रो जानकारीमा आएको छ। हाल उज्वल थापाको परिवार, आफन्तजन, साथी तथा शुभेच्छुकहरूबाट प्राप्त सहयोगले नै स्वास्थ्य उपचारको खर्च व्यहोरिरहेको र भविष्यमा पनि त्यसै गर्ने भएकोले श्री दुर्गा प्रसाईंलाई सद्भावको लागि धन्यवाद ज्ञापन गर्दै उहाँले दिने भनेको सहयोग आवश्यक नपर्ने व्यहोरा जानकारी गराउँदछौँ’, थापाको परिवारका तर्फबाट जारी प्रेस विज्ञप्तिमा उल्लेख छ।

थापा करिब दुई हप्तादेखि कोरोना संक्रमित भई अस्पतालमा उपचार गराइरहेका छन्। यस क्रममा अहिले नेपाल मेडिसिटी अस्पतालमा ECMO प्रविधिबाट उनको उपचार भैरहेकाे छ।

चिकित्सकहरूको सल्लाहमा थापालाई थप अत्याधुनिक उपचार आवश्यक पर्ने देखिएपछि र त्यस उपचारको लागि लाग्ने खर्च व्यहोर्नको लागि परिवारको सहमतिमा उनका साथी तथा शुभचिन्तकहरूले क्राउडफन्डिङबाट आर्थिक सहयोग जुटाइरहेका छन्।

यस क्रममा हालसम्म गोफन्डमीमा खोलिएको खातामा अमेरिकी डलर २२,२९१ र नेपालमा बैंक खातामा करिब रु २६,५०,००० जम्मा भएको पनि परिवारजनले जानकारी दिएका छन्।

कोरोना संक्रमण भइ गम्भीर अवस्थामा ललितपुरको मेडीसिटी अस्पतालमा उपचारमा रहेका विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष उज्वल थापाको सम्पूर्ण उपचार खर्च बिएण्डसी अस्पताल बिर्तामोडका कार्यकारी निर्देशक दुर्गा प्रसाईंले ब्यहोर्ने घोषणा गरेका थिए ।

गणतन्त्र दिवसको दिन शनिबार प्रेस विज्ञप्ति जारी गर्दै उनले थापाको उपचारमा लाग्ने सम्पूर्ण खर्च आफूले ब्यहोर्ने घोषणा गरेका हुन्।

गणतन्त्र स्थापनाको लागि योगदान दिएका थापा गम्भीर अवस्थामा उपचार भइरहेको समाचार सार्वजनिक भएको र विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रसमेतले सहयोगका लागि अपील गरेको भन्दै प्रसाईंले उपचार खर्च आफैले व्यहोर्ने घोषणा गरेको विज्ञप्तिमा उल्लेख छ।

यस अघि पनि उनले अन्य अस्पतालमा उपचार गराएका तर पैसा तिर्न नसकेकाहरूको पैसा तिरिदिएर उद्धार गरेका थिए।

 

शीर्ष समाचार

धेरै पढिएको