संसद पुनः स्थापना भए ओली नै प्रम हुने कमल थापाको दावी, अरु नेतालाई लगाए यस्तो आरोप

संसद पुनः स्थापना भए ओली नै प्रम हुने कमल थापाको दावी, अरु नेतालाई लगाए यस्तो आरोप

जेठ १४, काठमाडौं । राप्रपा अध्यक्ष कमल थापाले अदालतबाट संसद पुनःस्थापना भए फेरि पनि केपी ओली नै प्रधानमन्त्री हुने भन्दै निर्वाचनको विकल्प नरहेको दोहोर्याएका छन् । थापाले चुनाव छाडेर अदालत जानेहरु नै ओलीलाई निरन्तरता दिने बाटोमा रहेको टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जाल ट्वीटरबाट थापाले संसदीय गणितले ओलीलाई नै पुनःस्थापना भए पनि प्रधानमन्त्री बनाउने दावी गरेका छन् । थापा भन्छन्– ,ओलीले देश वर्वाद पारे भनेर विरोध गर्नेहरू नै ओलीलाई निरन्तरता दिने बाटोमा छन् । चुनाव छाडेर अदालत जानेले बुझ्नुपर्छ, संसद पुनर्स्थापना भएमा पुन:ओली नै प्रम हुन्छन् । यो भविष्यवाणी होईन,संसदीय गणितले त्यहि भन्छ ।

शीर्ष समाचार

धेरै पढिएको