June 19, 2021, Saturday
२०७८ असार ५, शनिबार
गण्डकीमा थप ५ मन्त्री नियुक्त तर दिपक मनाङे गएनन सपथ खाना

गण्डकीमा थप ५ मन्त्री नियुक्त तर दिपक मनाङे गएनन सपथ खाना

जेठ ५, पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले मन्त्रिपरिषद विस्तार गरेका छन् । उनको मन्त्रिपरिषदमा दीपक मनाङेसमेत ५ जना मन्त्री थपिएका छन् ।

बुधबार गुरुङले पहिलाकै मन्त्रीलाई जिम्मेवारी सुम्पिएका छन्। किरण गुरुङ, रामशरण बस्नेत, नरदेवी पुन, विकास लम्साल र राजीव गुरुङ (दीपक मनाङे) मन्त्री नियुक्त भएका हुन् ।

मुख्यमन्त्री गुरुङको उपस्थितिमा प्रदेश प्रमुख सीताकुमारी पौडेलले बुधवार प्रदेश प्रमुखको कार्यालयमा ४ जना मन्त्रीलाई पद तथा गोपनीयताको शपथ खुवाएकी छन् ।

पुरानै मन्त्रीहरूले निरन्तरता पाएपनि निवर्तमान युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ (दीपक मनाङे) काठमाडौं भएकाले शपथमा उपस्थित हुन सकेनन् ।

मुख्यमन्त्री गुरूङले सामाजिक विकास मन्त्रालय फुटाएर दीपक मनाङेलाई युवा तथा खेलकुद मन्त्री बनाएपछि मन्त्रालयको संख्या आठ पुगेको छ ।

शपथ ग्रहण गर्नेहरूमा आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङ, विना विभागीय मन्त्रीहरू रामशरण बस्नेत, विकास लम्साल र नरदेवी पुन छन् । मुख्यमन्त्रीले भौतिक पूर्वाधार, आन्तरिक मामिला तथा कानून, कृषि तथा सहकारी मन्त्रालय र उद्योग, पर्यटन, वन तथा वातावरण, सामाजिक विकास मन्त्रालय आफैँले राखेका छन् ।

शीर्ष समाचार

धेरै पढिएको