June 15, 2021, Tuesday
२०७८ असार २, बुधबार
जसपा विवाद : उपेन्द्रले बोलाएको बैठक जारी रहेको बेला महन्थले यस्तो विज्ञप्ति निकालेपछि…

जसपा विवाद : उपेन्द्रले बोलाएको बैठक जारी रहेको बेला महन्थले यस्तो विज्ञप्ति निकालेपछि…

जेठ ०१, काठमाडौँ । जसपाका अध्यक्ष महन्थ ठाकुरले आफ्नो पार्टीको कार्यकारि परिषदको बैठक नबोलाइएको दाबी गरेका छन्। अर्का अध्यक्ष उपेन्द्र यादव र बाबुरा भट्टराई पक्षले शनिबार दिउँसो बोलाएको बैठक जारी गरेका बेला ठाकुरले विज्ञप्तिमार्फत कार्यकारिणी परिषद्को बैठक आह्वान नभएको जानकारी दिएका छन्।

उनले भनेका छन्, ‘जनता समाजवादी पार्टीको केन्द्रीय कार्यकारिणी परिषद्को कुनै बैठक नडाकिएको र त्यस्तो जानकारीसमेत हामीलाई नभएको सम्बन्धित सबैलाई स्पष्ट गरिन्छ।’ सरकार गठनका विषयमा मतभेद हुँदा जसपा औपचारिक विभाजनको संघारमा पुगेको छ।

ठाकुर पक्षले शुक्रबार बहुमतको आधारमा संसदीय दलको नेतामा राजेन्द्र महतोलाई चयन गरेको सार्वजनिक गरेपछि यादव भट्टराई पक्षले शनिबार आफू बहुमतमा रहेको कार्यकारिणी परिषद्को बैठक बोलाएको हो।

५१ सदस्यीय परिषदमा यादव पक्ष बहुमतमा छ। शुक्रबार जसपाको महन्थ ठाकुर पक्षले शुक्रबार बैठक डाकेर वरिष्ठ नेता राजेन्द्र महतालेलाई संसदीय दलको नेता चयन गरेको थियो। उक्त बैठकमा यादव पक्ष सहभागी भएको थिएन। पार्टीमा देखिएको विवाद लगायत समसामयिक विषयमा छलफल गर्न केन्द्रीय कार्यकारी परिषदकाे बैठक बोलाइएको यादव समूहले बताएको छ।

जसपाको दुवै पक्षले आफ्नो समूहमा बहुमत रहेको दाबी गरिरहेको छ।

विज्ञप्तिको पूर्णपाठ :

शीर्ष समाचार

धेरै पढिएको