September 18, 2021, Saturday
२०७८ आश्विन २, शनिबार
ओलीको सत्ता जोगाइदिएको जसपा ‘महन्थ-राजेन्द्र’ पक्ष यसकारण सरकारमा गएन

ओलीको सत्ता जोगाइदिएको जसपा ‘महन्थ-राजेन्द्र’ पक्ष यसकारण सरकारमा गएन

जेठ ०१, काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा संविधानको धारा ७६ (३) अनुसार प्रधानमन्त्री नियुक्त गराउन भूमिका खेलेको जसपा महन्थ – राजेन्द्र पक्ष सरकारमा सहभागी हुन अस्विकार गरेको छ ।

शुक्रबार राष्टपति कार्यालयमा ओलीले तेस्रो कार्यकालका लागि शपथ लिए भने त्यससँगै मन्त्रिपरिषद् पनि विस्तार गरेका छन् । मन्त्रीपरिषदमा जसपाको अध्यक्ष महन्था ठाकुर र राजेन्द्र महतो पक्षलाई सरकारमा सहभागी आग्रह गरे पनि उनीहरूले अस्वीकार गरेको बालुवाटार स्रोतले जानकारी दिएको छ ।

जसपाका नेताहरुले अहिले आफ्ना माग सम्बोधन गर्न ओलीले सुरु मात्रै गरेकाले माग पूरा भएपछि मात्र सरकारमा सहभागी हुने जवाफ दिएको बताइएको छ । बिहीबार बेलुका प्रधानमन्त्री नियुक्त भएका ओलीले शुक्रबार शपथ लिएपछि पुरानै मन्त्रिपरिषद् लाइ निरन्तरता दिएका छन् ।

कांग्रेस, माओवादी केन्द्र र आफ्नै पार्टीको उपेन्द्र यादव पक्षले गठबन्धन नया सरकारका लागि गरेको आग्रहलाई ठाकुर महतो पक्षले अस्वीकार गर्दै आफ्ना सांसदलाई भक्तपुरको रिसोर्टमा लगेर राखेको थियो।

त्यस्तै केपी ओलीलाई समर्थन गर्ने कि नगर्ने भन्ने बिषय बाट विवाद चुलिएको जसपामा ठाकुर पक्षले जनता समाजवादी पार्टी जसपाको संसदीय दलका नेतामा राजेन्द्र महतोलाई चयन गरिएको छ ।

बहुमतको आधारमा महतोलाई दलको नेता चयन गरेको सांसद उमाशंकर अरगरियाले जानकारी दिए । ‘ २० जना सांसदको उपस्थितिमा महतोलाई संसदीय दलको नेता बनाउने निर्णय गरेका हौं,’ उनले भने’, भोलि पार्टी कार्यालय खुलेपछि निर्णय दर्ता गराउँछौं ।’

महन्थ ठाकुर पक्षका सांसदहरूको बैठकबाट महतोलाई छानिएको बताइएको छ । संसदीय दलको नेता चयनसम्बन्धी बैठकमा उपेन्द्र यादव पक्ष भने सहभागी थिएनन् ।

शीर्ष समाचार

धेरै पढिएको