June 15, 2021, Tuesday
२०७८ असार २, बुधबार
‘महन्थ-राजेन्द्र’ लाई कटाक्ष गर्दै उपेन्द्रले सोधे ११ प्रश्न, अ‍ोलीले के के माग पूरा गर्ने भए ?

‘महन्थ-राजेन्द्र’ लाई कटाक्ष गर्दै उपेन्द्रले सोधे ११ प्रश्न, अ‍ोलीले के के माग पूरा गर्ने भए ?

वैशाख ३१, काठमाडौँ । जसपाका अध्यक्ष उपेन्द्र यादवले मधेसमाथि फेरि पनि केपी ओलीबाट धोका हुने दाबी गरेका छन्।

विभिन्न ११ बुँदे माग अघि सार्दै यादवले ओलीले के के माग पूरा गर्छन् भन्ने कुरा स्वघोषित मधेसी नेताहरुले भन्नुपर्ने बताएका छन्।

यादवले लेखेका छन्, ‘केपी ओलीले मधेसीहरुका सबै माग मुद्दाहरू पूरा गर्छन् भन्ने स्वघोषित मधेसी नेताले भन्नू पर्छ। यी मध्ये कुन कुन माग पुरा गरिदिए? नत्र झुठो बोली मधेसोहरुलाई भ्रममा पारी धोखा दिने र आफ्नो स्वार्थ पुर्ती गर्ने काम नहोस्।’

यस्तो छ यादवले अघि सारको ११ बुँदे माग

१. आत्मनिर्णयको अधिकारका साथै स्वयत्त मधेश प्रदेश सहित पहिचानमा आधारित (१०+१ ) प्रदेशको स्थापना ।

२. समनुपतिक निर्वाचन प्रणाली ।

३. शासन ( प्रशासन , न्यायपालिका , सेना, प्रहरी , कर्मचारीतन्त्र आदिमा सामुदायिक र जातीय जनसंख्याको आधारमा समानुपातिक समावेशीकरण ।

४. सरकारी कामकाजी भाषामा समान( बहुभाषिक नीति ।

५.  मधेसी समुदायको राष्ट्रिय पहिचानको मान्यता ।

६. दलित , महिला र उत्पीडित समुदायको लागि आरक्षण र सामाजिक न्यायको ब्यबस्था ।

७. राज्यद्वारा प्रदन गरिने सेवा, सुबिधा र अवसरमा समान पहुचको प्रत्याभूति ।

८. वर्ग, वर्ण , लिङ्ग , जात र जातिका आधारमा हुने शोषण, उत्पीडन र बिभेद्को अन्त्य ।

९. नागरिकता समस्याको समाधान ।

१०. जल, जङ्गल र जमीनमाथिको अधिकार ।

११. संविधान संशोधन गरी राष्ट्रिय समस्याहरुको समाधान ।

१२. मधेस र थरुहट आन्दोलनको दौरान लगाइएका मुद्दहरुको खारेजी , रेशम चौधरी लगायत सम्पुर्ण राजबन्दीहरुको रिहाई ।

जसपाको संसदीय दलका नेतामा महतोलाई चयन

तर उपेन्द्रले प्रश्न सोध्दै गर्दा जनता समाजवादी पार्टी जसपाको संसदीय दलका नेतामा राजेन्द्र महतोलाई चयन गरिएको छ ।

बहुमतको आधारमा महतोलाई दलको नेता चयन गरेको सांसद उमाशंकर अरगरियाले जानकारी दिए । ‘ २० जना सांसदको उपस्थितिमा महतोलाई संसदीय दलको नेता बनाउने निर्णय गरेका हौं,’ उनले भने’, भोलि पार्टी कार्यालय खुलेपछि निर्णय दर्ता गराउँछौं ।’

महन्थ ठाकुर पक्षका सांसदहरूको बैठकबाट महतोलाई छानिएको बताइएको छ । संसदीय दलको नेता चयनसम्बन्धी बैठकमा उपेन्द्र यादव पक्ष भने सहभागी थिएनन् ।

सरकारमा जान अस्विकार : 

यद्दपि एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा संविधानको धारा ७६ (३) अनुसार प्रधानमन्त्री नियुक्त गराउन भूमिका खेलेको जसपाको ठाकुर महतो पक्ष सरकारमा सहभागी हुन अस्विकार गरेको छ ।

नेताहरुले अहिले आफ्ना माग सम्बोधन गर्न ओलीले सुरु मात्रै गरेकाले माग पूरा भएपछि सहभागी हुने जवाफ दिएको छ। बिहीबार बेलुका प्रधानमन्त्री नियुक्त भएका ओलीले शपथ लिएपछि मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

कांग्रेस, माओवादी केन्द्र र आफ्नै पार्टीको उपेन्द्र यादव पक्षले गठबन्धन सरकारका लागि गरेको आग्रहलाई ठाकुर महतो पक्षले अस्वीकार गर्दै आफ्ना सांसदलाई भक्तपुरको रिसोर्टमा लगेर राखेको थियो।

शीर्ष समाचार

धेरै पढिएको