September 23, 2021, Thursday
२०७८ आश्विन ७, बिहीबार
रामकुमारी झाक्रीले लगाइन प्रधानमन्त्रीलाई गम्भीर आरोप : “प्रभुको ईशारमा यो सब हुदैछ”

रामकुमारी झाक्रीले लगाइन प्रधानमन्त्रीलाई गम्भीर आरोप : “प्रभुको ईशारमा यो सब हुदैछ”

वैशाख ३०, सल्यान । सांसद तथा नेकपा एमाले बरिस्ठ नेता माधब कुमार नेपाल समुहकी नेतृ रामकुमारी झाक्रीले एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपि शर्मा ओलीलाई गम्भीर आरोप लगाएकी छन ।

एमाले एकताको लागि चार नेताको कारबाही फुकुवा भएको र अध्यक्ष ओली र नेता नेपाल बिच वार्ता भैरहेको बेला उनले बिहिवार सामाजिक संजाल मार्फत उनले यस्तो आरोप लगाएकी हुन ।

ओलीले प्रभुको ईशारमा आफूले संसद विघटन गरेको सहि थियो र छ भन्ने प्रमाणित गर्न यो सब गरेको उनको आरोप छ । आफ्नै समुहका नेताहरूलाई समेत खबरदारी गर्दै उनले भनेकी छन – “ठोस प्रस्ताव र लिखित सहमति बिना अलमलमा पर्नुहुन्न।”

जनता, लोकतन्त्र र संबिधानको रक्षाको लागि एक मात्र बिकल्प बिद्रोह भएको बताउदै उनले आत्मसमर्पणले कम्युनिष्ट आन्दोलनको बिसर्जन हुने भएकाले सचेत बन्न अनुरोध गरेकि छन ।साथै ठोस प्रस्ताव बिनाको संवादको अर्थ नभएको उन्को भनाइ छ।

उनले सामाजिक संजालमा लेखेकी छन – “ठोस प्रस्ताव र लिखित सहमति बिना अलमलमा पर्नुहुन्न। आफूले संसद विघटन गरेको सहि थियो र छ भन्ने प्रमाणित गर्न प्रभुको ईशारमा यो सबै हुदैछ। ठोस प्रस्ताव बिनाको संवादको अर्थ छैन। जनता, लोकतन्त्र र संबिधानको रक्षाको लागि हाम्रो अगाडी एक मात्र बिकल्प हो बिद्रोह । हाम्रो आत्मसमर्पणले कम्युनिष्ट आन्दोलनको बिसर्जन गर्छ। सचेत बनौँ।”

एमाले विवाद समाधानका लागी अध्यक्ष ओली र बरिस्ठ नेता नेपाल बिच काठमाडौं बूढानीलण्ठस्थित व्यवसायी रामेश्वर थापाको घरमा उनीहरू वार्तामा भैरहेको बेला उनको यस्तो प्रतिक्रिया आएको हो ।

चार नेतामाथिको कारवाही फिर्तापछि एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपालसँग भेटेर पार्टी एकताको लागि थप पहल थालेका हुन् । माधव पक्षसहितको स्थायी कमिटी बैठक पनि बोलाउने तयारी भइरहेको बताइएको बताइएको छ ।


यसअघि वैशाख ८ र ९ मा दुई नेताबीच मेरियट होटलमा भेटवार्ता भएको थियो । तर, निष्कर्ष भने केही निस्किएको थिएन ।

शीर्ष समाचार

धेरै पढिएको