September 18, 2021, Saturday
२०७८ आश्विन २, शनिबार
माधव नेपाल बालुवाटार जान मानेनन् , कहाँ हुदैछ ओली – नेपाल बार्ता ?

माधव नेपाल बालुवाटार जान मानेनन् , कहाँ हुदैछ ओली – नेपाल बार्ता ?

वैशाख ३०, काठमाडौं । एमाले विवाद समाधानका लागी अध्यक्ष ओली र बरिस्ठ नेता नेपाल बिच भेटबार्ता सुरु भएको छ ।

माधव नेपाल बालुवाटार जान नमानेपछि नेताद्वयबीच वार्ताको लागि काठमाडौं बूढानीलण्ठस्थित व्यवसायी रामेश्वर थापाको घरमा उनीहरू वार्तामा जुटेका हुन् ।

चार नेतामाथिको कारवाही फिर्तापछि एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपालसँग भेटेर पार्टी एकताको लागि थप पहल थालेका हुन् । माधव पक्षसहितको स्थायी कमिटी बैठक पनि बोलाउने तयारी भइरहेको बताइएको बताइएको छ ।


स्थायी कमिटीले पार्टी र सरकारको सन्दर्भमा निर्णय गर्ने अधिकार ओलीलाई दिएको छ ।

यसअघि वैशाख ८ र ९ मा दुई नेताबीच मेरियट होटलमा भेटवार्ता भएको थियो । तर, निष्कर्ष भने केही निस्किएको थिएन ।

शीर्ष समाचार

धेरै पढिएको