June 19, 2021, Saturday
२०७८ असार ५, शनिबार
माधवसहितका चार नेताको कारवाही फिर्तापछि योगेश र पाण्डेले दिए यस्तो प्रतिक्रिया

माधवसहितका चार नेताको कारवाही फिर्तापछि योगेश र पाण्डेले दिए यस्तो प्रतिक्रिया

वैशाख ३०, काठमाडौं । नेकपा एमाले माधव पक्षका नेता सुरेन्द्र पाण्डे र योगेश भट्टराईले माधवसहितका चार नेताको कारवाही फिर्ताप्रति सकारात्मक अभिव्यक्ति दिएका छन् ।

भट्टाराईले ट्वीट गर्दै भनेका छन्, ‘हिजो गल्ती भएको थियो, त्यसलाई सच्याउनु राम्रो हो । अब कुरा गरेर सहमति बनाउन लाग्नु पर्छ ।’ आज बसेको स्थायी कमिटी बैठकले नेपालसहित सुरेन्द्र पाण्डे, भीम रावल र घनश्याम भुसालमाथिको कारवाही फुकुवा गरेपछि भट्टराईले प्रतिक्रिया जनाएका हुन् ।


त्यस्तै नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले आफूसहित चार नेतामाथिको निलम्बनको कारवाही फिर्ता लिने निर्णयलाई सकारात्मक भनेका छन् । ‘कारवाही फिर्ता लिने निर्णय सकारात्मक छ । हामीले त हिजो पनि यो गलत भयो भनेका थियौं । अब अरु विषय पनि सकारात्मक ढंगले अध्यक्ष केपी ओलीले हल गर्नुहुन्छ भन्ने आशा गरेका छौं’ पाण्डेले भने ।

पाण्डेले अब तत्कालीन एमालेकालको स्थायी कमिटी बैठक बोलाएर अन्य विषयहरुलाई सम्बोधन गर्न कार्यदल गठन गर्न सकिने बताए । एकताबद्ध एमालेका लागि भइरहेका प्रयासलाई सकारात्मक निष्कर्षमा पुर्‍याउनुपर्ने उनको भनाइ छ ।


पार्टीलाई एक बनाउन अध्यक्ष केपी शर्मा ओलीले कारवाही फुकुवाको प्रस्ताव राखेपछि बैठकले अनुमोदन गरेको थियो । आज बसेको स्थायी कमिटी बैठकले नेपालसहित सुरेन्द्र पाण्डे, भीम रावल र घनश्याम भुसालमाथिको कारवाही फुकुवा गरेको हो ।

पार्टीलाई एक बनाउन अध्यक्ष केपी शर्मा ओलीले कारवाही फुकुवाको प्रस्ताव राखेपछि बैठकले अनुमोदन गरेको हो ।


पार्टीको वृहत्तर एकतालाई ध्यानमा राखेर बैठकले चार नेतामाथिको ६ महिनाको निलम्बन फुकुवा गरिएको स्थायी कमिटी सदस्य सुवास नेम्वाङले जानकारी दिए । नेम्वाङले राष्ट्रिय राजनीतिक अवस्थालाई समेत विश्लेषण गरेर पार्टी र सरकार सम्बन्धी अरु सबै निर्णय गर्ने अधिकार पार्टी अध्यक्ष केपी ओलीलाई दिएको बताए ।

एमाले स्थायी कमिटीको आज बसेको बैठकले माधव नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसालमाथिको कारवाही फिर्ता लिएको थियो ।

शीर्ष समाचार

धेरै पढिएको