June 19, 2021, Saturday
२०७८ असार ५, शनिबार
माधव नेपालसहित एमालेका चार नेता माथिको कारवाही फुकुवा भएकै हो त ?

माधव नेपालसहित एमालेका चार नेता माथिको कारवाही फुकुवा भएकै हो त ?

वैशाख ३०, काठमाडौं । नेकपा एमालेले माधव नेपालसहित चार नेतामाथिको निलम्बनको कारवाही फुकुवा गरेको छ । आज बसेको स्थायी कमिटी बैठकले नेपालसहित सुरेन्द्र पाण्डे, भीम रावल र घनश्याम भुसालमाथिको कारवाही फुकुवा गरेको हो ।

पार्टीलाई एक बनाउन अध्यक्ष केपी शर्मा ओलीले कारवाही फुकुवाको प्रस्ताव राखेपछि बैठकले अनुमोदन गरेको हो । पार्टीको वृहत्तर एकतालाई ध्यानमा राखेर बैठकले चार नेता माथिको ६ महिनाको निलम्बन फुकुवा गरिएको स्थायी कमिटी सदस्य सुवास नेम्वाङले जानकारी दिए ।

नेम्वाङले राष्ट्रिय राजनीतिक अवस्थालाई समेत विश्लेषण गरेर पार्टी र सरकार सम्बन्धी अरु सबै निर्णय गर्ने अधिकार पार्टी अध्यक्ष केपी ओलीलाई दिएको बताए ।

वैशाख २७ गते केपि ओलीलाई माधब पक्षले विस्वासको मत नदिएपछि केपि ओली अल्पमतमा परेका थिए । त्यसपछि राष्ट्रपतिले नयाँ सरकार गठन गर्न ३ दिन्को समय दिएकी थिइन । जुन समय आज साझ सकिदैछ । आज साझसम्म कुनै दलले बहुमत पुर्याउन नसके केपि ओली पुनः ठुलोदलको नेताको रुपमा प्रधानमन्त्री बन्नेछन ।

तर आजै माधव पक्षले राजिनामा दियो भने कांग्रेस माओवादी गठबन्धनलाई बहुमत पुग्न सक्छ । माधब पक्षको राजिनामा रोक्न ओलीले कारवाही फुकुवा गरेको बुझिएको छ ।

आजै नेकपा एमालेका माधव पक्षीय सांसदको राजीनामा रोक्न नेपाल निकट वकिलहरु समेत सक्रिय भएका थिए ।

कांग्रेस सभापति शेरबहादुर देउवालाई आफूले आश्वासन दिइसकेको भन्दै नेपालले राजीनामाबाट पछि हट्न आनाकानी गरेपछि वरिष्ठ अधिवक्ता शम्भु थापासहित तीन जना संविधानविद् सक्रिय भएका हुन् ।

नेपाललाई अर्थमन्त्री विष्णु पौडेलले भेटेर फर्किएलगत्तै वरिष्ठ अधिवक्ता तथा बार एशोसियसनका पूर्वअध्यक्ष शम्भु थापा, बारका पूर्वउपाध्यक्ष टीकाराम भट्टराई र गोविन्द बन्दी नेपाल निवास कोटेश्वर पुगेका थिए ।

नेपाललाई राजीनामा भन्दा मध्यमार्गी बाटोबाट एमालेभित्रै समाधान खोज्न उनीहरूले सुझाव दिएको स्रोतले जनाएको छ । माधब पक्षले राजिनामा दिए ओलीले सरकार बनाउन सक्ने छैनन ।

शीर्ष समाचार

धेरै पढिएको