September 22, 2021, Wednesday
२०७८ आश्विन ७, बिहीबार
कर्णालीमा फ्लोरक्रस गरेका रावलले पनि छोडे माधवको साथ, यस्तो दिए प्रतिक्रिया

कर्णालीमा फ्लोरक्रस गरेका रावलले पनि छोडे माधवको साथ, यस्तो दिए प्रतिक्रिया

वैशाख ३०, सल्यान । कर्णाली प्रदेशका मन्त्री, पूर्व सांसद एवं नेकपा एमाले हुम्लाका नेता दल रावलले पनि माधव समुह छोडेको जानकारी गराएका छन । उनले आफू माधव नेपाल समूहमा नरहेको जानकारी दिएका छन्।

बुधबार सार्वजनिक भएको माधव समुहको समानान्तर कर्णाली प्रदेश कमिटी उनको पनि नाम परेको थियो । त्यसपछि सामाजिक संजाल मार्फल प्रतिक्रिया दिदै नेता रावलले आफु कुनै समानान्तर गतिविधिमा नलागेको र एमालेको कार्यकर्ता भएको नाताले एमाले एकतावद्ध होस भनि निरन्तर प्रयास र पहल गरेको बताएका छन ।

उनले आफ्नो सकमति विना समानान्तर प्रदेश तथा जिल्ला कमिटीमा राखेको कुरा सामाजिक संजाल मार्फत थाहा पाउदा आश्चर्यचकित बनेको बताएका छन । उनले आफु नकपा एमालेमै रहेकोले कोही भ्रममा नपर्न र एमालेमा लामवद्ध हुन अनुरोध गरेका छन ।

पार्टी भित्र रहेकोे केही असहमति र अन्तरसंघर्षलाई उचित ब्यबस्थापन गरि पार्टीलाई गतिशील बनाउनुको सट्टा पार्टीलाई कमजोर बनाउने आफ्नै पार्टीको नेतृत्वमा रहेको सरकारलाई विस्थापित गरी ‘युगखाने सम्भावना भएका आदरणीय कमरेडहरु छाक खाने’ बाटोमा नलाग्न समेत अनुरोध गरेका छन्।

यस्तो छ, उनको वक्तव्य ः

कमरेडहरु मलाई पनि सम्झनुभएकोमा धन्यवाद । म नेकपा (एमाले) एकताबद्व रहोस भनी निरन्तर पहल र प्रयास गर्ने एक कार्यकर्ता हु । तर यसलाई कमरेडहरुले समानन्तर गतिविधिमा लागेको जसरि वुझेर वा यसलाई कमजोरी ठानेर मेरो कुनै सहमति बिना प्रदेश तथा जिल्ला कमिटीमा राखेको भनी सामाजिक संजालमा पोस्ट भएको थाहापाए । यसबाट म आश्चर्यचकित भएको छु।

म कुनै पनि समानान्तर गतिविधि वा कमिटीमा नभै हाम्रो गौरबशाली पार्टी नेकपा (एमाले) मा रहेको जानकारी गराउदछु। यसबाट कोहि भ्रमित नहुन पनि आग्रह गर्नचाहन्छु।

साथै नेकपा ( एमाले) का सम्पुर्ण नेता, कार्यकर्ता तथा सुभचिन्तकहरु लाई कोहि कसैको लहिलहिमा नलागी नेपाली जनताको प्यारो पार्टी नेकपा (एमाले) मा लामबद्द हुन हार्दिक अनुरोध गर्द्छु।

पार्टी भित्र रहेकोे केही असहमति र अन्तरसंघर्षलाई उचित ब्यबस्थापन गरि पार्टीलाई गतिशील बनाउनुको सट्टा पार्टीलाई कमजोर बनाउने आफ्नै पार्टीको नेतृत्वमा रहेको सरकारलाई बिस्थापित गरि ‘युगखाने संभावना भएका आदरणीय कमरेडहरु छाक खाने’ बाटोमा नलाग्न समेत सादर अनुरोध गर्दछु ।

तर रावल आफै कर्णालीमा एमाले संसदिय दलको ह्विप उलंघन गरेर फ्लोर क्रस गरि माओवादीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहिलाई विस्वासको मत दिएका थिए ।

कर्णालीमा ज्वालाको नेतृत्वमा समानान्तर कमिटी गठन ः

त्यस्तै माधव समुहको कर्णाली प्रदेश कमिटी विस्तार गरिएको छ । वैशाख २५ गते वरिष्ठ नेता माधव नेपालले मनानित गरेको समानान्तर कमिटी वैशाख २९ गते समाजिक संजालमा सार्वजनिक भएको छ । प्रकाश ज्वाला संयोजक रहेको १९५ सदस्यीय उक्त कमिटीको सहसंयोजकमा चन्द्रबहादुर शाहि, हंशबहादुर शाही, राजबहादुर बुढा र शेरबहादुर केसी रहेका छन भने सचिवमा निरज आचार्यलाई जिम्मा दिईएको छ ।

माधव समुहले कर्णाली प्रदेश का दसवटै जिल्लाका संयोजक र इञ्चार्ज पनि तोकेको छ ।

हेर्नुहोस सम्पूर्ण विवरण ः

शीर्ष समाचार

धेरै पढिएको