September 23, 2021, Thursday
२०७८ आश्विन ७, बिहीबार
गण्डकीको मुख्यमन्त्रीमा पृथ्वीसुब्बा गुरुङ पुन: नियुक्त

गण्डकीको मुख्यमन्त्रीमा पृथ्वीसुब्बा गुरुङ पुन: नियुक्त

वैशाख २९, पोखरा। पृथ्वीसुब्बा गुरुङ गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पुन: नियुक्त भएका छन् । प्रदेश प्रमुखले वैकल्पिक सरकार गठनका लागि दिएको ७२ घण्टे समयभित्र विपक्षी गठबन्धले बहुमत पुष्टि गर्न नसकेपछि ठूलो दलको हैसियतमा एमाले संसदीय दलका नेता गुरुङ नै मुख्यमन्त्री नियुक्त भएका हुन् ।

प्रदेश प्रमुख सीता पौडेलले गुरुङलाई संविधानको धारा १६८ (३) अनुसार नियुक्त गरेकी हुन् । गुरुङले ३० दिनभित्र सदनबाट विश्वासको मत लिनुपर्नेछ ।

यसैबीच मुख्यमन्त्री गुरुङ कोरोना संक्रमितसमेत रहेकाले आवश्यक स्वाथ्य मापदण्ढ पूरा गरेरमात्रै सपथ ग्रहण गरिने एमाले संसदीय दलका सचेतक मायानाथ अधिकारीले जानकारी दिए । उनले भने, ‘कोरोनाले उहाँलाई सपथ ग्रहणमा कुनै असर गर्दैन । स्वास्थ्य मापदण्डसहित सपथ लिनुहुन्छ ।’

प्रदेश प्रमुखको कार्यालयमा एमाले संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुङलाई सपथ ग्रहण गराउन लागिएको छ । प्रदेश प्रमुखले तोकेको समय भित्र सांसदको बहुमत सङ्ख्या दावी गरेर कांग्रेस नेतृत्वमा सरकार बनाउने कोसिस भएपनी जनमोर्चा सांसद कृष्ण थापा र खिम बिक्रम शाहीले कांग्रेसलाई सरकार बनाउन समर्थन गर्न नसकिने भन्दै तटस्थ रहेको बिज्ञपति निकालेका छ्न।

बहुमतको लागि ३१ सदस्य पुग्नका लागि राष्ट्रिय जनमोर्चाका तीन प्रदेशसभा सदस्यको हस्ताक्षर अनिवार्य चाहिन्छ । ६१ सदस्यीय गण्डकी प्रदेशसभामा नेकपा एमालेका २७ जना छन् भने एकजना स्वतन्त्र सांसद राजीव गुरुङ एमालेकै पक्षमा छन् । त्यस्तै नेपाली कांग्रेसका १५, नेकपा माओवादी केन्द्रका सभामुखसहित १२, राष्ट्रिय जनमोर्चाका तीन र जनता समाजवादी पार्टीका दुई प्रदेशसभा सदस्य छन् ।

शीर्ष समाचार

धेरै पढिएको