June 19, 2021, Saturday
२०७८ असार ५, शनिबार
गण्डकीमा नयाँ सरकार बनाउन विपक्षीले बुझाए बहुमत दावी सहितको पत्र तर…….

गण्डकीमा नयाँ सरकार बनाउन विपक्षीले बुझाए बहुमत दावी सहितको पत्र तर…….

वैशाख २९, पोखरा । गण्डकी प्रदेशमा वैकल्पिक सरकार गठन गर्न बहुमतको दावीसहितको पत्र प्रदेश प्रमुखलाई बुझाएका छन् । विपक्षी दलहरू नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा)ले कांग्रेसका कृष्णचन्द्र नेपालीलाई समर्थन गरेको पत्र प्रदेश प्रमुख सीता पौडेललाई बुझाएका छन् ।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आफूविरुद्धको अविश्वास प्रस्तावको सामना नै नगरि राजीनामा दिएपछि दुई वा दुई भन्दा बढी दलसहितको सरकार गठनका लागि प्रदेश प्रमुखले बुधबार दिउँसो ४ बजेसम्मको समय दिएकी थिइन् । सोहि समय भित्र दलहरुले बहुमत सहित दावी पेश गरेका हुन् ।

राजमोले कांग्रेसलाई समर्थन नदिने भनेर समर्थन पत्रमा हस्तान्क्षर नगरेका संसदीय दलका नेता कृष्ण थापालाई हटाएको पत्र प्रदेश सभा सचिवालयमा बुझाएर सोही अनुसारको दलीय समर्थनको दावी लिएर प्रदेश प्रमुखको कार्यालयमा विपक्षी दल पुगेका छन् । तर जनमोर्चाले हटाएको भनिएका दलका नेता थापाले प्रदेश प्रमुखलाई अर्को पत्र पठाई गैर कानुनी काम कारवाहीलाई मान्यता नदिन आग्रह गरेका छन् ।

थापाले आफू पार्टी कामको सिलसिलामा बागलुङमा रहेको अवस्थामा गैर कानुनी रुपमा किर्ते जालसाजी गरी दलको नेताबाट हटाइएको कारवाहीलाई बैधानिक नदिन प्रदेश प्रमुखलाई आग्रह गरेका छन् । उनले सरकार निर्माणको विषयमा आफू कुनै गठबन्धनमा नलागी तटस्थ रहेको समेत जानकारी गराएका छन् ।

गण्डकी प्रदेशको राजनीतिमा उथलपुथल आइरहेका बेला राष्ट्रिय जनमोर्चाका नामबाट दुईथरी दावी प्रदेश प्रमुखको कार्यालयमा पुगेका छन् ।

 

शीर्ष समाचार

धेरै पढिएको