September 22, 2021, Wednesday
२०७८ आश्विन ७, बिहीबार
कर्णाली प्रदेश सरकारका दुई मन्त्री द्वारा अचानक राजिनामा, ३ मन्त्री नियुक्त

कर्णाली प्रदेश सरकारका दुई मन्त्री द्वारा अचानक राजिनामा, ३ मन्त्री नियुक्त

वैशाख २९, सुर्खेत । कर्णाली प्रदेश सरकारक दुई मन्त्रीले पद बाट राजीनामा दिएका छन । प्रदेश सरकारका आर्थिक मामला तथा योजना मन्त्री बिमला केसी र कानुन मन्त्री नरेश भण्डारीले बुधबार राजिनामा दिएका हुन ।

मुख्यमन्त्री शाहीले दुवै मन्त्रीको राजीनामा स्वीकृत गरिसकेका छन् । प्रदेश प्रमुखको कार्यालयसँग आवश्यक सल्लाहपश्चात सपथग्रहणको कार्यक्रम तय हुने बताइएको छ ।

उनिहरूले राजिनामा दिएपछि लामो समयको आन्तरिक खिचातानीपछि कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले दुई मन्त्री नियुक्त गरेका छन् । नवनियुक्त मन्त्रीहरूमा रुकुमपश्चिमबाट निर्वाचित गोपाल शर्मा र सुर्खेतपश्चिमबाट निर्वाचित विन्दमान विष्ट रहेको मुख्यमन्त्रीनिकट स्रोतले जानकारी दिएको छ ।

‘उहाँहरु दुवै जना नियुक्त भइसक्नु भएको छ । एक आर्थिक मामिला तथा योजना र अर्को आन्तरिक मामिला तथा कानून मन्त्री बन्नु हुनेछ ’ स्रोत भन्छ, ‘आर्थिक मामिला तथा योजना मन्त्री विमला केसी र आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीले आज बिहान बसेको मन्त्रि परिषदको बैठकमा राजीनामा दिनु भएको छ ।’

कर्णालीमा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछी एमालेका मन्त्रीहरूले राजिनामा दिएका थिए । एमाले बाट तत्कालीन आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले राजीनामा दिएपछि तत्कालीन समयमा कृषि रहेकी माओवादीकि बिमला केसी आर्थिक मामला तथा योजना मन्ती भएको थिइन ।

कर्णालीमा एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेको मुख्यमन्त्री महेन्द्र बहादुर शाहीको सरकार एमाले माधब समुहका ४ सांसदहरूले फ्लोर क्रस गरेर बचाइदिएका थिए । उनिहरू मध्ये ३ जना मन्त्री पनि भएका छन तर उनिहरूलाई पार्टीले कारबाही गरि सांसद पद बाट हटाइसकेको छ ।

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले वैशाख ३ मा सदनबाट विश्वासको मत पाएसँगै दोस्रो पटक मन्त्रिपरिषद् हेरफेर गरेका हुन् ।

वैशाख ५ मा फ्लोर क्रस गरेर सरकार जोगाइदिएका तीन एमाले सांसदलाई मन्त्री बनाएका मुख्यमन्त्री शाहीले आज माओवादी केन्द्रका थप ३ मन्त्री नियुक्ति गरेका छन् । नवनियुक्त मन्त्रीमा गोपाल शर्मालाई आर्थिक मामिला तथा योजना मन्त्रालय र सांसद विन्दमान विष्टलाई आन्तरिक मामिला तथा कानून मन्त्रालयको जिम्मा दिइएको छ । पूर्वाधार विकास मन्त्रालय फुटाएर जलस्रोत मन्त्रालयको जिम्मा सीता नेपालीलाई दिइएको छ ।

आर्थिक मामिला तथा योजना मन्त्री विमला केसी र आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीले भने आज बिहानको मन्त्रिपरिषद् बैठकमा राजीनामा दिइसकेका छन् । उनीहरूको राजीनामा स्वीकृत भइसकेको मुख्यमन्त्रीनिकट स्रोतले बताएको छ ।

आर्थिक मामिला तथा योजना मन्त्री एवम् प्रवक्ता समेत रहेकी विमला केसीले पार्टीको निर्णय अनुसार नै राजीनामा दिएको बताइन् ।

‘दलले आवश्यक निर्देशन दिएको हो । त्यही अनुसार हामीले पद त्यागेका छौं । नयाँ मन्त्री बनाउने बाटो खुल्ला गरिदिएका हौं । तीन वर्ष तीन महिना मन्त्री भइसकेका छौं ’ उनले भनिन्, ‘अन्य साथीहरूलाई पनि पालो दिनु पर्छ नि ।’

बजेटको मुखैमा किन यस्तो निणर्य भन्ने प्रश्नमा उनी भन्छिन्, ‘बजेट ल्याएको व्यक्तिलाई बजेट कार्यान्वयन गर्न सहज हुन्छ भनेर नै बजेट अघि हामीले छाडिदिएका हौं ।’ उनले आफ्नो कार्याकालमा ऐतिहासिक भएको समेत दावी गर्दै सहयोग गर्नेप्रति आभारी जनाइन् ।

 

शीर्ष समाचार

धेरै पढिएको