डाक्टर बाबुराम भट्टराई पनि चुनावको पक्षमा, राजनीतिक निकासका लागी गरे – चार प्रस्ताव

डाक्टर बाबुराम भट्टराई पनि चुनावको पक्षमा, राजनीतिक निकासका लागी गरे – चार प्रस्ताव

वैशाख २९, काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले देशको संकट हल गर्न भन्दै ४ बुँदे प्रस्ताव अघि सारेका छन ।

उनले संविधाको धारा ७६ को उपधारा २ बमोजिम नै सबै दलको सहभागितामा राष्ट्रिय सरकार गठनको प्रस्ताव राखेका छन् ।

विभिन्न नेताहरुसँगको भेट र छलफलपछि डा. भट्टराईले वर्तमान प्रधानमन्त्री केपी ओली र अन्य पूर्व प्रधानमन्त्रीहरु बाहेकको नेतृत्वमा राष्ट्रिय सरकार बनाउने प्रस्ताव राखेका हुन् ।

भट्टराईले बुधवार आफ्नो धारणा सार्वजनिक गर्दै उनले देशको संकट हल गर्न यस्तो प्रस्ताव राखेका हुन् । उनले दलका प्रमुख र पूर्व प्रधानमन्त्री रहेको निर्देशक समिति,साझा न्युनतम कार्यक्रम कोभिड नियन्त्रण, संबिधान संसोधन र राहत सहित एक वर्षभित्र चुनावमा जाने प्रस्ताव राखेका छन् ।

उनले लेखेका छन – “देशको संकट हल गर्न यसो गरौं:१.धारा७६(२)वमोजिम सबै दलको सहभागिता र वर्तमान/पूर्व प्रम वाहेककाको नेतृत्वमा राष्ट्रिय सरकार बनाऔं, २.दलका प्रमुख/ पूर्व प्रम रहेको निर्देशक समिति, ३.साझा न्यूनतम कार्यक्रम(कोभिड नियन्त्रण,TRC/मुद्दा,संविधान संशोधन, आर्थिक राहत इ.) लागू ४.एक बर्षभित्र चुनाव!”

राष्ट्रपतिले दिएको समयभित्र वैकल्पिक सरकार गठनको प्रयास भइरहेका बेला जसपा एकजुट हुन सकेको छैन । उपेन्द्र यादव र भट्टराई ओलीको विस्थापनको पक्षमा रहे पनि महन्थ ठाकुर पक्ष मानेको छैन । जसपामा उपेन्द्र – भट्टराई र महन्त- राजेन्द्र पक्षमा १६/१६ सांसद छन ।

यस्तो छ उनको धारणा :

देशको संकट हल गर्न यसो गरौं:१.धारा७६(२)वमोजिम सबै दलको सहभागिता र वर्तमान/पूर्व प्रम वाहेककाको नेतृत्वमा राष्ट्रिय सरकार बनाऔं;२.दलका प्रमुख/पूर्व प्रम रहेको निर्देशक समिति;३.साझा न्यूनतम कार्यक्रम(कोभिड नियन्त्रण,TRC/मुद्दा,संविधान संशोधन,आर्थिक राहत इ.)लागू४.एक बर्षभित्र चुनाव!

शीर्ष समाचार

धेरै पढिएको