September 22, 2021, Wednesday
२०७८ आश्विन ७, बिहीबार
देउवालाई राति के आश्वासन दिएर फर्किए, माधब नेपाल र भिम रावल

देउवालाई राति के आश्वासन दिएर फर्किए, माधब नेपाल र भिम रावल

वैशाख २८, काठमाडौं । एमाले माधव नेपाल पक्षका नेताहरू माधव नेपाल र भिम रावल करिव एक घण्टाको छलफल पछी कांग्रेस सभापति शेरबहादुर देउवालाई आस्वस्त बनाएर फर्किएका छन ।

उनिहरूले सरकार गठनमा केपी ओलीलाई अल्पमतमा पार्न पुग्ने संख्यामा सांसदको राजीनामा गराउने आश्वासन कांग्रेस सभापति शेरबहादुर देउवालाई आश्वासन दिएको बुझिएको छ ।

मंगलवार साँझ ८ बजेदेखि ९ बजेसम्म देउवा निवास बूढानीलकण्ठमा भएको छलफलमा एमाले नेता माधव नेपाल र भीम रावलले देउवालाई वैकल्पिक सरकार गठनको प्रक्रियामा अघि बढ्न ढाडस दिएका छन् ।

वार्तामा सहभागी स्रोतका अनुसार देउवाले जसपाको महन्थ ठाकुर पक्ष कुनै हालतमा वैकल्पिक सरकारको पक्षमा नउभिने भएपछि आफू नचाहिने खेलमा नलाग्ने बताएका थिए ।

उनले एमालेबाट कम्तीमा १६ सांसदको राजीनामा हुनुपर्ने आशय व्यक्त गरेका छन् । नेपाल र रावलले ओलीलाई सत्ताच्यूत गर्न जति सांसदको राजीनामा चाहिने हो आफूहरू त्यसका लागि तयार रहेको बताएका छन् ।

त्यसअघि नेपाल पक्षको भर्चुअल स्थायी कमिटी बैठकमा नेताहरुबीच राजीनामाबारे कुरा मिलेको थिएन । नेताहरू घनश्याम भुसाल, योगेश भट्टराईलगायतले आफूहरु सत्ता समीकरणमा नभइ केपी ओलीलाई पार्टी एकताको लागि बाध्य पार्ने अभियानमा रहेको बताएका छन् ।

यो पनि पढ्नुहोस :

रातीराती देउवा निवासमा किन गए, माधब नेपाल र भिम रावल ? यस्तो छ – कारण

यस्तो निष्कर्ष निकालेर सकियो, माधव नेपाल समूहको स्थायी कमिटी बैठक

शीर्ष समाचार

धेरै पढिएको