June 15, 2021, Tuesday
२०७८ असार २, बुधबार
प्रचण्ड र केपी ओली बारे भारतीय नेताले दिए विवादास्पद अभिव्यक्ति

प्रचण्ड र केपी ओली बारे भारतीय नेताले दिए विवादास्पद अभिव्यक्ति

वैशाख २८, काठ्माण्डौ । आज भारतीय जनता पार्टी (भाजपा) का नेता तथा राज्यसभा सदस्य सुब्रमन्यम स्वामीले प्रधानमन्त्री केपी शर्मा ओली र माओबादी अध्यक्ष प्रचण्ड बारे विवादास्पद अभिव्यक्ति दिएका छन् । उनले प्रधानमन्त्री ओली भारतको रोजाइ भएको र प्रचण्ड प्रधानमन्त्री हुदा चीनको जित हुने बताएका छन् ।

नेपालमा नयाँ सरकार गठनको प्रक्रिया सुरु भइरहेका बेला भाजपा नेता स्वामीले यस्तो ट्वीट गरेका हुन् । पूर्वमन्त्रीसमेत रहेका स्वामीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भए चीनको जित हुने बताएका हुन् ।

स्वामीले यसअघि ११ फागुनमा संसद् पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको निर्णयलाई सुखद् खबरको संज्ञा दिएका थिए ।

त्यतिबेला ट्वीट गर्दै उनले भनेका थिए, ‘नेपालबाट सुखद समाचार । नेपाल सर्वोच्च अदालतले संसदको विघटन रद्द गर्‍यो र संसद् पुनर्जीवित गर्न १३ दिन दिएको छ । नेपालका लोकतान्त्रिक नेताहरू मसँग नियमित सम्पर्कमा छन् । र, मलाई आशा छ त्यहाँको प्रजातन्त्र पुनर्स्थापित हुनेछ । त्यसो भएमा भारत-नेपालबीचको सम्बन्ध सुध्रन सक्छ ।’

भारतीय राज्यसभा सदस्य एवं भारतीय जनता पार्टी (भाजपा)का नेता समेत रहेका सुव्रमण्यम स्वामीले संसद् पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको निर्णयलाई सुखद खबरको संज्ञा दिएर त्यतिबेला आन्दोलनरत प्रचण्ड – माधब समुहको एजेन्डा लाई समर्थन गरेका स्वामीले अहिले फेरि नेपालमा सरकार फेरबदल हुँदै गर्दा केपी ओली भारतको रोजाइ भन्नू आफैमा बिरोधाभाषपूर्ण छ ।

उनको उक्त प्रतिक्रिया अहिले नपालका सामाजिक संजाल र मिडियामा छ्यापछ्याप्ती भएको छ । खासगरी प्रधानमन्त्री केपी ओलीका बिपक्षीहरूले उक्त प्रतिक्रियालाई केपि ओलीको राष्ट्रवाद र राष्ट्रियताको नारा खोक्रो रहेको रुपमा अर्थ्याएका छन ।

त्यतिबेला सर्वोच्चले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयलाई बदर गरेपछि सामाजिक सञ्जालबाट प्रतिक्रिया दिँदै अर्थशास्त्रीसमेत रहेका स्वामीले अब भारत र नेपालको सम्बन्ध सुधार्ने दिशामा अघि बढ्ने बताएका थिए ।

उतिबेला केपी ओलीले गरेको संसद विघटन बदर हुदा खुसी भएका स्वामी अहिले किन ओली भारतीय रोजाइ हुन भन्दै छन, आश्चर्यजनक छ ।

उनले भनेका थिए ‘नेपालबाट सुखद समाचार । नेपाल सर्वोच्च अदालतले संसदको विघटन रद्द गर्‍यो र संसद् पुनर्जीवित गर्न १३ दिन दिएको छ । नेपालका लोकतान्त्रिक नेताहरू मसँग नियमित सम्पर्कमा छन् । र, मलाई आशा छ त्यहाँको प्रजातन्त्र पुनर्स्थापित हुनेछ । त्यसो भएमा भारत-नेपालबीचको सम्बन्ध सुध्रन सक्छ’ उनले ट्विटमा लेखेका छन् ।

 

शीर्ष समाचार

धेरै पढिएको