September 22, 2021, Wednesday
२०७८ आश्विन ७, बिहीबार
आफ्नै नेतृत्वमा सरकार बनाउने कांग्रेसको निर्णय, माधव र महन्त पक्षको भर कति भरपर्दो ?

आफ्नै नेतृत्वमा सरकार बनाउने कांग्रेसको निर्णय, माधव र महन्त पक्षको भर कति भरपर्दो ?

वैशाख २८, काठमाडौं । संसदको दोस्रो ठूलो दल नेपाली कांग्रेसले आफ्नो नेतृत्वमा सरकार बनाउन जसपा र एमालेको माधव नेपाल पक्षको समेत साथ लिएर अघि बढ्ने निर्णय गरेको छ ।

मंगलवार सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी र पूर्व पदाधिकारीसहितको बैठकले राष्ट्रपतिले दिएको समयभित्र सिंगै जसपा र माधव नेपाल पक्षको समेत समर्थन जुटाउने कोसिस गर्ने निर्णय गरेको सहमहामन्त्री प्रकाशशरण महतले बताए ।

बैठकपछि महतले भने, ‘समग्रमा जसपा एकजुट भएर यो अभियानमा सामेल होस् भन्ने हामी चाहान्छौं । माधवजीहरुको पनि सहयोग जुटाउने कोसिस हुन्छ ।’ सोमबार संसदमा प्रधानमन्त्रीले विस्वासको मत नपाए पछि नया सरकार गठनको लागि बाटो खुलेको छ । ३ दिन भित्र बहुमत पेश गरेर सरकार बनाउन राष्ट्रपतिले आह्वांज गरिसकेकी छन । संसदमा हाल कायम भएको २७१ सिटमा सरकार बनाउँ १३६ सिट आवस्यक पर्छ ।

हाल काङ्ग्रेस संग ६१ र माओवादी संग ४९ सिट छ । ३२ सिट भएको जसपामा उपेन्द्र र महन्त पक्षमा १६-१६ सिट छ । तर महन्त पक्षले नया सरकार गठनमा सहभागी नहुने बताएको छ । यदि सिंगो जसपा सरकारमा सहभागी नभएमा कांग्रेस नेतृत्वको गथाबंधना लाई बहुमत पुग्दैन । कि त माधब पक्षले राजीनामा दिनु पर्छ ।

जसपा एकजुट भएर साथ् नदिने र माधब पक्षले राजिनामा नदिए कांग्रेस नेतृत्वमा सरकार बन्न असम्भव छ ।

 

यो पनि पढ्नुहोस :

पूर्वराजा शाह कोरोना संक्रमणमुक्त, यस्तो छ- रानी कोमलको पछिल्लो स्वास्थ्य अवस्था

नयाँ सरकार गठन र जसपाको भुमिकाबारे नेता महतो के भन्छन ? होला त उपेन्द्रमाथि कारवाही ?

 

 

शीर्ष समाचार

धेरै पढिएको