June 19, 2021, Saturday
२०७८ असार ५, शनिबार
मध्यरातमा महन्थकाे वक्तव्यले हंगामा, सग्लै रहला जसपा ?

मध्यरातमा महन्थकाे वक्तव्यले हंगामा, सग्लै रहला जसपा ?

वैशाख २८, काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले मध्यरातमा वक्तव्य निकालेका छन् । उनले निकालेको वक्तव्यले राष्ट्रिय राजनितामा पुनः तरंग ल्याइदिएको छ । वक्तव्यमा उनले नयाँ सरकार गठन आफ्नाे पार्टीकाे प्राथमिकता नरहेको बताएका छन् ।

साेमबार राती विज्ञप्ति जारी गर्दै ठाकुरले जसपा नेपाल सत्ता प्राप्तिभन्दा एजेण्डा सम्बाेधनकाे विषयमा केन्द्रीत रहेको बताएका हुन् । तर उनैका पार्टीका अर्का अध्यक्ष उपेन्द्र यादवले नया सरकार गठनका लागि सोमबार नै आह्वान गरिसकेका छन् । संसदमा प्रधानमन्त्रीको विस्वासको मतमा विपक्षमा मतदान गरेका उनको समुहले कांग्रेस माओवादी गथाबंधना संग मिलेर केपी ओलीको विपक्षमा वैकल्पिक सरकार बनाउन आह्वान गरेन राष्ट्रपति लाई संयुक्त वक्तव्य मार्फत अपिल गरेका थिए ।

यादव नया सरकार गठनको पक्षमा छन् भने ठाकुर कुनै सरकारमा नजाने पक्षमा छन् । संसदमा पनि ठाकुरको समूह तटस्थ बसेको थियो । यसरी एउटै पार्टीका दुइ अध्यक्ष दुइ तिर लागेपछि जसपा सग्लै रहन्छ कि रहन्न भन्ने प्रश्न उठेको छ । माधब संसदमा पनि जसपाले ह्विप लगाउन सकेको थिएन । समुहले राजीनाम नदिएको अवस्थामा कांग्रेस माओवादी गठबन्धनलाई बहुमत पुर्याउन ठाकुर पक्षको पनि समर्थन चाहिन्छ ।

सोमबार मात्र संसदले विश्वासको मत लिने प्रधानमन्त्रीको प्रस्ताव अस्वीकृत गरेको थियो । यससँगै प्रधानमन्त्री ओली स्वतः पदमुक्त भएका थिए ।

लगतै नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जसपा अध्यक्ष उपेन्द्र यादवले संयुक्त वक्तव्य जारी गर्दै संविधानको धारा ७६(२) अनुसार प्रधानमन्त्री नियुक्त गर्ने प्रक्रिया सुरु गर्न राष्ट्रपतिलाई आग्रह गरेका थिए । सरकार बनाउन बहुमत पुगने उनीहरुको दाबी छ । नयाँ सरकार गठनको पक्षमा कांग्रेसका ६१, माओवादी केन्द्रका ४९ सांसद छन् भने जसपाको डा. बाबुराम भट्टराई-उपेन्द्र यादव पक्षका १६ सांसद देखिएका छन् । २७१ सदस्यीय प्रतिनिधिसभामा बहुमतका लागि १३६ सांसद चाहिन्छ ।

ठाकुरले साथ नदिएमा देउवा नेतृत्वमा नयाँ मिलिजुली सरकार नबन्ने प्रष्ट छ ।

प्रधामन्त्रीलाई धन्यबाद : ठाकुर

सोमबार संसदको बिशेष अधिबेशनमा जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना कुरा सुनेर माग पूरा गर्न अग्रसरता लिएकोमा धन्यवाद दिएका छन् । प्रतिनिधिसभा बैठकमा बोल्दै ठाकुरले राजनीतिक आन्दोलनका दौरान मुद्दा चलाइएका केहीको मुद्दा फिर्ता लिइएपनि सबैको मुद्दा फिर्ता हुनुपर्ने माग गरे ।

आफूहरु प्रधानमन्त्रीले विश्वासको मत लिने प्रस्तावको पक्ष वा विपक्ष दुवैमा नभएको उनले प्रष्ट्याए । ठाकुरले संविधान र लोकतन्त्र आएपनि आफ्ना नेता कार्यकर्ता आजपनि जेलभित्र भएकोले प्रस्तावको पक्ष/विपक्ष उभिने स्थिति नभएको बताए । ‘हाम्रो सांसद रेशम चौधरीलाई हामी यो बैठकमा हेर्न चाहान्थ्यौं तर उहाँ जेलमा हुनुहुन्छ । हाम्रा धेरै साथीहरु तारेखमा हुनुहुन्छ किनकी यही संविधानको कारणले’, ठाकुरले भने ।

उनले संविधानले प्रधानमन्त्रीलाई कमजोर बनाएको भन्दै संविधानमा व्यापक सुधार गर्नुपर्ने बताए । ‘यो संविधानमा गम्भीर त्रुटीहरु छन् । हामी संविधान संशोधनको माग फेरि राख्छौं’, ठाकुरले भने । ‘अहिलेपनि हामी विभेद र भेदभावको शिकार भइरहेका छौं । अहिलेपनि हामीले विविधतालाई मानेका छैनौं । यो लोकतन्त्र हो कि विभेद हो ?’, ठाकुरले प्रश्न गरे ।

 

शीर्ष समाचार

धेरै पढिएको