June 15, 2021, Tuesday
२०७८ असार २, बुधबार
यी हुन् खनाल-नेपाल समुह छोडेर ओलीलाई विस्वासको मत दिने ७ जना एमाले सांसदहरू

यी हुन् खनाल-नेपाल समुह छोडेर ओलीलाई विस्वासको मत दिने ७ जना एमाले सांसदहरू

वैशाख २७, काठमाडौं । एमालेमा खनाल – नेपाल समूहलाई छोडेर सात जना सांसदहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विस्वासको मत दिएका छन् । खनाल – नेपाल पक्षतिर उभिँदै आएका नेकपा एमालेका सात जना सांसदले अन्ततः पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिएका हुन्।

जसमध्ये एक जना सांसद पार्वती विशुङ्खे असन्तुष्ट माधवकुमार नेपाल र झलनाथ खनाल पक्षको सिंहदरबारको सोमबारको बैठकमा सामेल थिइन्। उनी बैठकको बीचमा निस्केकी थिइन्।

यस्तै पछिल्लो पटक नेपाल पक्षको साथमा रहेको दाबी गरेका समिना हुसेन, हिरा केसी, राजबहादुर बुढा, गंगा चौधरी (सत्गौवा) विना बुढाथोकी र ध्रुव शाहीले प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिएका हुन्। उनीहरु संसदमा जानुभन्दा पहिले छुट्टै बैठक बसेका थिए।

ओलीलाई विश्वासको मत दिने नेपाल पक्षका सांसदमध्ये तीना जना कर्णाली प्रदेशबाट प्रतिनिधित्व गर्छन्। उनीहरुले गुटउपगुट भन्दा पनि एमाले पार्टीलाई ध्यान दिएर प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिएको बताएका छन् ।

प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता पक्षका सांसदले सरकारको पक्षमा मतदान नगर्नु गद्दारीपूर्ण घटना भएको भन्दै यसमा क्षमा हुन नसक्ने बताएका छन् ।

विश्वासको मत नपाए लगत्तै प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकमा ओलीले २८ जना एमाले सांसद अनुपस्थित भएको घटनाको जति निन्दा गरे पनि नपुग्ने बताएका हुन् । ओलीको भनाइ उदृत गर्दै एक मन्त्रीले भने- ‘आफ्नै सांसदले ह्वीप उल्लंघन गरेर अनुपस्थित हुनु गद्दारी हो, यस्ताको जति निन्दा गरे पनि पुग्दैन । यसबारेमा पार्टीले निर्णय लिन्छ ।’

प्रधानमन्त्री केपी शर्मा ओलीको विश्वासको पक्षमा मतदानमा नेकपा एमाले वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल पक्षका २८ सांसदले पार्टी ह्वीप उल्लंघन गरेका हुन्।

उनीहरु आइतबार पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले लिएको विश्वासको मतदानमा तटस्थ बसेका हुन्। यसअघि बिहानको आफ्नो बैठकको निर्णयका आधारमा उनीहरु अनुपस्थित भएका हुन्।

सांसद कलिला खातुन संसद पुगेर फर्किएकी थिइन्। पार्टी प्रमुख सचेतक डा. विशाल भट्टराईले सोमबारको संसदमा अनिर्वाय उपस्थित हुन ह्वीप जारी गरेका थिए।

यी हुन्, एमालेको ह्वीप उल्लंघन गर्ने २८ सांसदः

१) योगेश भट्टराई २) झलनाथ खनाल ३) पवित्रा निरौला खरेल ४) भवानी खापुङ ५) जयकुमार राई ६) यज्ञराज सुनुवार ७) गणेश पहाडी ८) विरोध खतिवडा ९) कृष्णलाल महर्जन १०) माधवकुमार नेपाल ११) जीवनराम श्रेष्ठ १२) नारायण खतिवडा १३) घनश्याम भुसाल १४) गोकर्ण विष्ट १५) सोमप्रसाद पाण्डे १६) मेटमणि चौधरी १७) झपट रावल १८) भीमबहादुर रावल १९) दीपकप्रकाश भट्ट २०) सुरेन्द्र पाण्डे २१) रामकुमारी झाँक्री २२) सरला यादव २३) पुष्पाकुमारी कर्ण २४) कल्याणी खड्का २५) निरादेवी जैरु २६) कलिला खान (उपस्थित भएर भोट नहालेको)  २७) लक्ष्मीकुमारी चौधरी २८) मुकुन्द न्यौपाने

शीर्ष समाचार

धेरै पढिएको