June 15, 2021, Tuesday
२०७८ असार २, बुधबार
एमाले विभाजनको पर्खाइमा बामदेव, गरे यस्तो घोषणा

एमाले विभाजनको पर्खाइमा बामदेव, गरे यस्तो घोषणा

वैशाख २७, काठमाडौं । एमाले विभाजनको डिलमा पुगेको बेला नेकपा एमालेका नेता तथा पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले विभाजनलाई मलाहल गर्ने अभिव्यक्ति दिएका छन् ।

सोमबार नेता गौतमले माधव नेपाल र झलनाथ खनालले समानान्तर गतिविधिमा नभई एमाले विभाजन गरेर अर्को पार्टी बनाएमा आफू त्यसमा सामेल हुने बताएका हुन् । एमाले सग्लो र एकतावद्ध बनाउन कतिपय नेताहरुले प्रयास गरिरहेको बेला उनको यस्तो अभिव्यक्ति सार्वजनिक भएको हो । उनको उक्त अभिव्यक्तिले उनि एमाले बिभाजन पर्खाइ रहेको अर्थ लगाइएको छ ।समाजिक संजालमा उनको अभिव्यक्ती आलोचित भएको छ ।

गौतमले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग कुराकानी गरेपछि आफ्नो दुई बुँदे धारणा सार्वजनिक गरेका हुन् । गौतमका प्रेस संयोजक विश्वमणी सुवेदीका अनुसार ओलीले २०७५ जेठ २ मा एमालेलाई फर्काउन नमानेपछि आफ्नो साथ नरहेको प्रष्ट पारेका छन् । ओलीले आफू अघि बढिसकेको बताउँदै साथ दिन आग्रह गरेपछि गौतमले भनेका छन्, ‘त्यसो भए म तपाईको साथमा छैन ।’

माधव नेपालहरूका सन्दर्भमा गौतमले भनेका छन्, ‘वरिष्ठ नेता क. माधवकुमार नेपाल, झलनाथ खनाललगायतका नेता कमरेडहरूले नेकपा (एमाले) मै भएर समानान्तर गतिविधि गर्ने, कमिटीहरू बनाउनेजस्ता काममा मेरो सहमति छैन । तर, यदि उहाँहरूले चाहे संसदको ४० प्रतिशतसहित वा त्यो बाहेकको अवस्थामा पनि पार्टी विभाजन गरेर जानुहुन्छ भने म त्यो पार्टीमा सामेल हुनेछु ।

प्रतिनिधिसभामा गौतम पक्षका एकजना सांसद गौतम पत्नी तुलसा थापा छन् भने राष्ट्रियसभामा गौतम आफूमात्र छन् ।

यता अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली संग असन्तुस्ट नेकपा एमालेको माधव पक्ष सांसदहरुले सामुहिक राजिनामा नदिने तर प्रतिनिधिसभाको आजको बैठकमा अनुपस्थित हुने निर्णय गरेको छ ।

नेपाल पक्षका नेताहरुको सिंहदरबारमा बसेको बैठकले प्रतिनिधिसभाको आजको बैठकमा अनुपस्थित रहने निर्णय गरेका हुन् । सामूहिक राजीनामा दिने निर्णयप्रति एमालेको माधव नेपाल समूहका सांसदहरू नै विभाजित भएपछी त्यस्ती निर्णय गरिएको बुझिएको छ ।

प्रधानमन्त्री ओलीले आज संसदमा विस्वासको मत लिदै छन । एमाले संसदीय दलले आफ्ना सबै संसदलाई विस्वासको मत दिन ह्वीप जारी गरेको छ । यदि एमालेको असन्तुष्ट समुहले उनलाई विस्वासको मत दिएन भने एमाले औपचारिक रुपमै विभाजन हुनेछ ।

शीर्ष समाचार

धेरै पढिएको