June 15, 2021, Tuesday
२०७८ असार २, बुधबार
नेपाल समूहको बैठक बिचमै छोडेर दुई जना सांसद बाहिरिए

नेपाल समूहको बैठक बिचमै छोडेर दुई जना सांसद बाहिरिए

वैशाख २७, काठमाडौं । नेकपा एमालेको माधव नेपाल समूहको बैठकबाट दुई जना सांसद बाहिरिएका छन्। समानुपातिक सांसद पार्वती विशंखे र कलिला खातुन सिंहदरबारमा जारी बैठकको बीचमै निस्केका हुन्।

उनीहरु आक्रोशित मुडमा थिए। संवाददाताहरुसँग कुनै प्रतिक्रिया दिन चाहेनन्। उनीहरुले यसअघि नै नेपाल समूहलाई साथ नदिने संकेत गरेका थिए। बैठक चलिरहँदा भित्र बाजाबाज भइरहेकाे सुनिएकाे थियाे।

नेकपा एमालेको खनाल–नेपाल समूहले पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएको अन्तिम समय सकिए पछि राजीनाम दिन सांसदहरु बैठक गरिरहेका थिए । २०७५ जेठ २ गतेको अवस्थामा पार्टीलाई फर्काउनुपर्ने भन्दै खनाल समूहले अहिले ९ बजेसम्मको समय दिएको थियो ।

एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदको विशेष अधिवेशनमार्फत विश्वासको मत लिँदैछन् । खनाल–नेपाल समूहले राजीनामा दिने भएसँगै प्रधानमन्त्री ओलीलाई विश्वासको मत लिन थप सकस हुने भएको छ ।

सत्ताको नेतृत्व गरिरहेको नेकपा एमालेभित्रको आन्तरिक मतान्तर तथा अरु दलभित्र पनि विवाद भएका बेला संसद बैठक बस्न लागेको हो । बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । ओलीलाई आफ्ना माग सम्बोधन गर्न दिएको अल्टिमेटम सकिए पछि नेपाल पक्षमा राजिनामा दिने तयारी भैरहेको बेला उनीहरु बाहिरिएका हुन् ।

शीर्ष समाचार

धेरै पढिएको