September 22, 2021, Wednesday
२०७८ आश्विन ७, बिहीबार
के माधब पक्षले नयाँ पार्टी गठनको प्रक्रिया अघि बढाई सकेको छ ?

के माधब पक्षले नयाँ पार्टी गठनको प्रक्रिया अघि बढाई सकेको छ ?

वैशाख २७, काठमाडौं । नेपाल पक्षले नयाँ पार्टी गठनको प्रक्रिया अघि बढाइसकेको बुझिएको छ ।  नेकपा एमालेको खनाल–नेपाल समूहले पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएको अन्तिम समयसम्म ओलीले कुनै रेस्पोन्स नगरेपछि  नेपाल पक्षले संसदबाट राजिनामा दिनको लागि बैठक बस्दै छ ।

२०७५ जेठ २ गतेको अवस्थामा पार्टीलाई फर्काउनुपर्ने भन्दै खनाल समूहले अहिले ९ बजेसम्मको समय दिएको थियो । अहिलेसम्म अध्यक्ष ओली र ओली समूहबाट कुनै प्रतिक्रिया नआएकोले आफूहरुले राजीनामा दिने तयारी गरेको खनाल–नेपाल समूहका नेता जीवनराम श्रेष्ठले जानकारी दिए । केहीबेरमा आफूहरु राजीनामा दिनका लागि जाने तयारी भइरहेको श्रेष्ठले जानकारी दिए ।

त्यस्तै नेपाल पक्षले दिएको समयसीमाभित्र अध्यक्ष ओलीले थप कुनै सम्बोधन नगरेपछि नेपााल पक्षीय सांसदहरु सिंहदरवारमा जम्मा हुने भएका छन् । साँढे ९ बजेपछि बैठक बसेर कठोर निर्णय लिइने नेता योेगेश भट्टराईले बताएका छन् ।

कांग्रेस माओवादी गठबन्धनको संसदमा बहुमत पुग्नेगरि नेपाल पक्षका सांसदले राजीनामा दिने तयारी गरेका छन् । यसअघि मध्यरातमा माधव नेपालले अ‍ोलीलाई पत्र लेखेर अन्तिम मौका दिइएको भन्दै ६ बुँदे शर्त नमाने प्रतिनिधिसभा सदस्य पद त्याग गर्ने बताएका थिए ।

बसेर थप छलफल गर्नका लागि आफूहरु तयार भएको भए पनि पार्टी निकै अघि बढिसकेकोले २०७५ जेठ २ गतेको अवस्थामा फर्किने सम्भावना नरहेको एमालेका प्रवक्ता एवम् परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीको भनाइ छ । उनले भने – आफ्नै पार्टी नेतृत्वविरुद्ध गठबन्धन गर्ने अनि फेरि २०७५ को जेठ २ मा फर्केर सबै निर्णय बदर गर्नुपर्छ भन्ने माग जायज होइन ।’

त्यस्तै एमाले ओली समूहले माधव नेपालहरुलाई पार्टीमा स्वागत गर्न तयार भए पनि कुनै शर्त मान्य नहुने बताएकाे छ।

ओली समूहका अर्का नेता नेता केशव बडालले आफ्नै पार्टीकाे सरकार ढाल्न विपक्षीसँग गठबन्धन गर्नेहरुका कुनै पनि शर्त मान्न नसकिने बताए।

‘प्रधानमन्त्री समेत रहेका आफ्नै पार्टीका अध्यक्षलाई पार्टीबाट निकाल्ने, आफ्नो दलको नेतृत्वमा रहेको सरकार ढाल्न अरु दलका नेताहरुलाई प्रधानमन्त्रीको अफर गर्ने काम उहाँहरुबाट भयो’ बडालले भने, तै पनि हामीले उहाँहरुलाई पार्टीमा स्वागत गरेकै हाे तर अब कुनै शर्त मान्न सकिने अवस्था छैन।’

माधव समूहले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई आफ्नो समूहको माग सम्बोधनका लागि सोमबार बिहान साढे नौ बजेसम्मको ‘अल्टिमेटम’ दिएको थियो।

पार्टी ‘एकतापूर्व २०७५ जेठ २ को अवस्थामा फर्किने’ र ‘सहमतिका साथ अघि बढ्ने’ अवस्थामा संसदमा प्रधानमन्त्रीलाई विश्वासको मत दिन आफूहरु तयार रहेको नेपाल समूहले बताएको छ।

एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदको विशेष अधिवेशनमार्फत विश्वासको मत लिँदैछन् । खनाल–नेपाल समूहले राजीनामा दिने भएसँगै प्रधानमन्त्री ओलीलाई विश्वासको मत लिन थप सकस हुने भएको छ ।

सत्ताको नेतृत्व गरिरहेको नेकपा एमालेभित्रको आन्तरिक मतान्तर तथा अरु दलभित्र पनि विवाद भएका बेला संसद बैठक बस्न लागेको हो । बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ ।

यसबीचमा नेपाल पक्षले नयाँ पार्टी गठनको प्रक्रिया अघि बढाइसकेको बुझिएको छ । ओलीलाई आफ्ना माग सम्बोधन गर्न दिएको अल्टिमेटम सकिए पछिउनीहरुले राजिनामा दिने तयारी भैरहेको छ ।

शीर्ष समाचार

धेरै पढिएको