June 15, 2021, Tuesday
२०७८ असार २, बुधबार
गण्डकीका मुख्यमन्त्री गुरुङले दिए राजीनामा, प्रदेश प्रमुख द्वारा नयाँ सरकार गठनको लागि आह्वान

गण्डकीका मुख्यमन्त्री गुरुङले दिए राजीनामा, प्रदेश प्रमुख द्वारा नयाँ सरकार गठनको लागि आह्वान

वैशाख २६, काठमाडौँ– गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले पदबाट राजीनामा दिएका छन्। मुख्यमन्त्री गुरुङले आइतबार राजीनामा दिएका हुन्।

मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले पदबाट राजीनामा दिएपछि गण्डकी प्रदेशमा बहुमतको नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखले ३ दिनको समय दिएकी छिन् ।

प्रदेश प्रमुख सीताकुमारी पौडेलले मुख्यमन्त्री पदबाट राजीनामा दिएकाले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम ३ दिनभित्र सरकार गठनका लागि आह्वान गरेकी हुन । मुख्यमन्त्री गुरुङको राजीनामा स्वीकृत गरेसँगै गण्डकीमा नयाँ सरकार गठन प्रक्रिया शुरू भएको हो । गुरुङविरुद्ध प्रदेशसभामा पेस भएको अविश्वास प्रस्तावउपर भोलि मतदान हुने कार्यसूची थियो ।

यस अघि राष्ट्रिय जनमोर्चाका सांसद खिमबिक्रम शाही सम्पर्कविहीन भएपछि गण्डकी प्रदेशसभाको बैठक स्थगित भएको थियो।

सभामुख नेत्रनाथ अधिकारीले राजमो संसदीय दलले सांसद सम्पर्कविहीन भएको भनी पत्र दिएको भन्दै उक्त विषय सम्बोधन नगरी बैठक बस्नु उपयुक्त नहुने भन्दै अनिश्चितकालका लागि बैठक स्थगित गरेका थिए।

राष्ट्रिय जनमोर्चाका ३ सांसदमध्ये शाही सम्पर्कविहीन भएको भन्दै उनको अवस्था सार्वजनिक गर्न माग गर्दै जनमोर्चा संसदीय दलकी सचेतक पियारी थापाले प्रदेशसभामा पत्र दिएकी थिइन् ।

प्रदेशसभा सदस्य शाहीको खोजी गर्न माग गर्दै थापाले प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री रामशरण बस्नेतलाई पनि पत्र दिएकी थिइन ।

तर बुधबार सम्पर्कविहीन भएका गण्डकी प्रदेशसभाका सांसद खिमबिक्रम शाही पोखराको एक अस्पतालमा भेटिएका छन् । उनी चरक अस्पतालको कोभिड-१९ उपचार गर्ने आईसीयूमा भेटिएका थिए ।

तर उनी सम्पर्कविहीन भएपछि बुधबार प्रदेशसभामा मुख्यमन्त्री विरुद्धको अविश्वास प्रस्तावमाथिको मतदान रोकिएको थियो। सभामुखले बैठक स्थगित गरेका थिए ।

अविश्वास प्रस्तावमाथि मतदानकै दिन राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेशसभा सदस्य खिमविक्रम शाही अनुपस्थित भएका थिए । सांसदले बोल्ने क्रम सकिन लाग्दासम्म उनी संसदमा नआएपछि कांग्रेस सांसद मेखलाल श्रेष्ठ, जनमोर्चाकी पियारी थापा र जसपा सांसद धनमाया लामा गाडी लिएर खोज्न निस्किए पनि शाही भेटिएका थिएनन् ।

बुधबार मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वास प्रस्तावमा मतदान हुने तालिका थियो । मुख्यमन्त्री विरुद्ध माओवादी, कांग्रेस, जसपा र राजमोले अविस्वासको प्रस्ताव ल्याएका थिए तर, राजमोका सांसद शा नआए नआएपछी मुख्यमन्त्री गुरुङविरुद्धको अविश्वास प्रस्ताव फेल हुने अंकगणित थियो ।

उनी मतदानको समयसम्म नआए अविश्वास प्रस्ताव ल्याएका दलको पक्षमा ३० मत मात्रै हुन्थ्यो । अविश्वास प्रस्ताव पास गर्न ३१ मत आवश्यक हुन्छ ।

 

शीर्ष समाचार

धेरै पढिएको