September 18, 2021, Saturday
२०७८ आश्विन २, शनिबार
तत्काल सामुहिक राजिनामा दिने कदम बाट पछि हट्यो माधब समुह, यस्तो छ कारण

तत्काल सामुहिक राजिनामा दिने कदम बाट पछि हट्यो माधब समुह, यस्तो छ कारण

वैशाख २६, काठमाडौँ । सांसद पदबाट सामूहिक बहिर्गमनको तयारी गरेको नेकपा एमालेभित्रको माधव नेपाल पक्षले आइतबार राजीनामा नबुझाउने भएको छ।

नेपाल पक्षका सांसद जीवनराम श्रेष्ठका अनुसार प्रधानमन्त्री केपी ओलीको पक्षमा बहुमत नजुट्ने देखेपछि नेपाल पक्षले तत्कालै राजीनामा नबुझाउने निर्णय गरेको हो। यद्यपि सोमबारसम्म यो निर्णयमा फेरबदल हुनसक्ने पनि सांसद श्रेष्ठले जानकारी दिए।

त्यस्तै अर्का सांसद मेटमणि चौधरीका अनुसार राजीनामा संयुक्त रुपमा बुझाएर नेपाललाई दिइसके पनि आइतबार संयुक्त राजीनामा संसदमा बुझाइएको छैन। जनता समानवादी पार्टीका कतिपय सांसदहरु विश्वासको मतमा तटस्ठ बस्ने सम्भावना देखिएको र यसकारण प्रधानमन्त्री ‌ओलीको बहुमत नपुग्ने देखिएपछि तत्काल राजीनामा नबुझाउने निचोडमा नेपाल पक्ष पुगेको छ।

यसबारे सोमबार १ बजेभन्दा अगाडि निर्णय हुनसक्ने सम्भावनालाई भने सांसद चौधरीले स्वीकार गरे। आइतबार दिउँसो नेता नेपालसहित उनी पक्षका सांसदहरु सिंहदरबारमै छलफलमा व्यस्त छन्।

नेता नेपालसहित करिब २० जना सांसदहरुले आइतबार संसद सचिवालयमा संयुक्त राजीनामा बुझाउने तयारी थियो। तर अहिले सम्म बुझाएका छैनन् । आइतबार जनता समाजवादी पार्टी (जसपा)का नेताहरुले पार्टी फुट्ने भएकाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने बताएका थिए ।

बिहान बालुवाटारमा ओलीलाई भेटेर ओलीलाई विश्वासको मत दिँदा आफ्नो पार्टी फुट्ने अवस्था आउने भएकाले विश्वासको मत नदिने भन्दै नेताहरु महन्त ठाकुर र राजेन्द्र महतो बाहिरिएका थिए।

ओलीलाई भेट्न महनथ ठाकुर र राजेन्द्र महतो बालुवाटार पुगेका थिए। महनथ ठाकुर र राजेन्द्र महतोले आइतबार नै काङ्ग्रेस सभापति देउवालाई भेटेर जसपा तटस्थ बस्नसक्ने भन्दै जसपाको भरमा निर्णय नगर्न भनेको बताइएको छ । उनीहरुले बाबुराम उपेन्द्रको निर्णय पार्टीको निर्णय नभएको र आफुहरु (ठाकुर र राजेन्द्र) बीच कुनै बिभाजन पनि नभएको बताएका थिए ।

माधव नेपालसँग वार्ता गर्न ओलीले पठाए दुई नेता

त्यस्तै नेकपा एमाले विभाजनको उत्कर्षमा पुगेकै बेला प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफ्नो तर्फबाट वार्ता गर्न अर्थमन्त्री विष्णु पौडेल र संसदीय दलका उपनेता सुवास नेम्वाङलाई खटाएका छन् ।

ओलीको आधिकारिक प्रतिनिधि बनेर दुवै नेता अहिले सिंहदरबारतर्फ लागेका छन् । नेपाल पक्षका प्रत्यक्ष निर्वाचित सांसदले राजीनामाको लागि हस्ताक्षर गरेर बुझाइसकेको बेला ओलीले नेपालसँग वार्ताका लागि आफूनिकट नेतालाई पठाएको स्रोतले जनाएको छ ।

यसलाई ओलीको तर्फबाट नेपाल पक्षलाई पार्टीमा राख्न अन्तिम प्रयास भनिएको छ । पौडेल र नेम्वाङ यसअघि माधव नेपाल पक्षका दोस्रो तहका नेतासँग लगातार संवादमा थिए ।

माधब पक्षलाई झड्का : सांसद हिराचन्द्र केसी र गंगा चौधरीले राजीनामा नदिने, यस्तो छ कारण

शीर्ष समाचार

धेरै पढिएको